Close

Recent Posts

आत्मदाह गरेका आश्विन राउतको पनि निधन

आत्मदाह गरेका आश्विन राउतको पनि निधन
  • २७ असार २०८३, शनिबार १८:३८

काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार आत्मदाह प्रयास गरेका आश्विन राउतको निधन भएको छ । काठमाडौं महानगरपालिका बुद्धनगरमा बस्दै आएका उनले आत्मदाहको प्रयास गरेपछि गम्भीर घाइते भएका उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि वीर अस्पताल भर्ना गरेको थियो।

mulpatra

स्थानीयवासीबाट सूचना पाएपछि पुगेको प्रहरीले तत्काल उद्धार गरी उनलाई वीर अस्पताल पुर्‍याएको थियो। चिकित्सकले उनलाई मृत्य घोषणा गरेको प्रहरीले जनाएको छ । उनको शरीरको करिब ५० प्रतिशत भाग जलेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार राउत श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए। घटना हुँदा श्रीमती र छोरा घरमा थिएनन्। छिमेकीका अनुसार घटनाअघि राति राउत र उनका छोराबीच केही विषयमा विवाद भएको खुलेको छ। सोही विषयसँग सम्बन्धित तनावका कारण उनले बिहान आत्मदाह गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

mulpatra mulpatra mulpatra

पछिल्ला केही दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका घटना सार्वजनिक भइरहेका छन्। बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा गणेश नेपालीले आत्मदाह गरेका थिए। उपचारका क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको थियो। त्यसैगरी सर्लाहीका विवेक मण्डलले पनि आत्मदाहको प्रयास गरेका थिए र उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो।