कर्णालीमा मन्त्रीहरूको सामूहिक राजीनामा

कर्णालीमा मन्त्रीहरूको सामूहिक राजीनामा
  • ३१ असार २०८३, बुधबार १२:४७

काठमाडौं । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट सहभागी चार मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्।

mulpatra

राजीनामा दिने मन्त्रीहरूमा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्री विजया बुढा तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी रहेका छन्। उनीहरू २०८१ साल साउनदेखि प्रदेश सरकारमा मन्त्रीका रूपमा कार्यरत थिए।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीका अनुसार बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकका क्रममा चारै मन्त्रीले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्।

mulpatra mulpatra mulpatra

मन्त्री अधिकारीले कांग्रेस र एमालेबीच कर्णाली प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको भए पनि त्यसको कार्यान्वयनमा एमाले पक्ष इमान्दार नदेखिएको भन्दै राजीनामा दिनुपरेको बताए।

यसअघि पनि कांग्रेसका मन्त्रीहरूको कार्यसम्पादन तथा सरकारभित्रको भूमिकाबारे पार्टीभित्र प्रश्न उठ्दै आएको थियो। पछिल्लो घटनाले कर्णाली प्रदेश सरकारको सत्ता समीकरण र आगामी राजनीतिक दिशाबारे नयाँ बहस सुरु भएको छ।