Close

Recent Posts

‘धितोपत्र बजार घट्दासमेत प्रतिफल दिने व्यवस्था’ भनेको के हो ? कसरी गर्न सकिन्छ र?

‘धितोपत्र बजार घट्दासमेत प्रतिफल दिने व्यवस्था’ भनेको के हो ?  कसरी गर्न सकिन्छ र?
  • ३२ असार २०८३, बिहीबार ०९:२०

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपाल भट्टले हालै संसद्को अर्थ समितिमा दिएको अभिव्यक्तिले नेपाली पुँजीबजारमा नयाँ बहस सुरु गरेको छ। उनले ‘धितोपत्र बजार सधैं उकालो मात्र लाग्न सक्दैन, बजार घट्दासमेत लगानीकर्ताले प्रतिफल लिन सक्ने व्यवस्था विकास गर्दैछौं’ भनेपछि धेरै लगानीकर्ताले यसको अर्थ के हो भन्ने जिज्ञासा व्यक्त गरेका छन्। वास्तवमा अध्यक्ष भट्टले संकेत गरेको व्यवस्था विश्वका विकसित पुँजीबजारमा प्रयोग हुँदै आएका डेरिभेटिभ, सर्ट सेलिङ, अप्सन, फ्युचर्स तथा इन्डेक्समा आधारित वित्तीय उपकरणहरू तर्फ लक्षित देखिन्छ।

mulpatra

हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लगानीकर्ताले ुकिन्ने र मूल्य बढेपछि बेच्नेु प्रणालीबाट मात्र नाफा कमाउन सक्छन्। उदाहरणका लागि कुनै कम्पनीको शेयर रु. ५०० मा किनेर पछि रु। ६५० मा बिक्री गर्दा प्रति शेयर रु. १५० नाफा हुन्छ। तर यदि त्यसपछि शेयर मूल्य रु. ४०० मा झर्यो भने लगानीकर्ताले घाटा बेहोर्नुपर्छ। अर्थात् नेपालको विद्यमान प्रणालीमा बजार घट्दा प्रतिफल लिने कानुनी तथा प्राविधिक व्यवस्था छैन।

डा. भट्टले उल्लेख गरेको अवधारणाको सबैभन्दा सामान्य उदाहरण सर्ट सेलिङ हो। यस प्रणालीमा लगानीकर्ताले आफूसँग नभएको शेयर ब्रोकर वा अन्य लगानीकर्ताबाट निश्चित अवधिका लागि सापटी लिन्छन् र तत्काल बजार मूल्यमा बिक्री गर्छन्। पछि मूल्य घटेपछि त्यही शेयर सस्तोमा किनेर फिर्ता बुझाउँछन्। उदाहरणका लागि कुनै कम्पनीको शेयर रु. १,००० मा सर्ट सेल गरियो र केही दिनपछि मूल्य रु. ८०० मा झर्यो भने लगानीकर्ताले रु. ८०० मा किनेर फिर्ता गर्दा प्रति शेयर रु. २०० नाफा कमाउन सक्छ। तर यदि मूल्य रु. १,२०० पुग्यो भने प्रति शेयर रु. २०० घाटा हुन्छ। त्यसैले यो प्रणालीमा जोखिम पनि उच्च हुन्छ।

mulpatra

त्यसैगरी फ्युचर्स र अप्सन जस्ता डेरिभेटिभ उपकरणहरूले पनि बजार घट्दा प्रतिफल लिन सहयोग गर्छन्। उदाहरणका लागि कुनै लगानीकर्ताले नेप्से सूचक वा कुनै कम्पनीको शेयर मूल्य घट्ने अनुमान गरेर सम्झौता गरेमा पछि बजार साँच्चै घट्दा नाफा कमाउन सक्छ। त्यस्तै पुट अप्सन खरिद गर्ने लगानीकर्ताले भविष्यमा निश्चित मूल्यमा शेयर बेच्ने अधिकार प्राप्त गर्छन्। यदि बजार मूल्य उल्लेखनीय रूपमा घट्यो भने पुट अप्सन को मूल्य बढ्ने भएकाले लगानीकर्ताले त्यहाँबाट प्रतिफल लिन सक्छ।

विकसित पुँजीबजारमा इन्भर्स एक्चेन्ज ट्रेडेड फण्ड समेत लोकप्रिय उपकरण मानिन्छ। यस्ता कोषहरू बजार सूचकांक घट्दा उल्टो दिशामा बढ्ने गरी डिजाइन गरिएका हुन्छन्। उदाहरणका लागि कुनै सूचकांक ५ प्रतिशतले घट्दा इन्भर्स इटीएफ करिब ५ प्रतिशतले बढ्न सक्छ। यद्यपि नेपालमा भ्त्ँ को प्रारम्भिक विकाससमेत सीमित भएकाले यस्तो व्यवस्था तत्काल सम्भव देखिँदैन।

Image Source: © https://mulpatra.com

विज्ञहरूका अनुसार नेपालमा यस्तो प्रणाली लागू गर्न केवल कानुनी घोषणा मात्र पर्याप्त हुँदैन। यसको लागि सिक्युरिटिज लेन्डिङ एन्ड बोरोइङ अर्थात् शेयर सापटी दिने–लिने प्रणाली, केन्द्रीय क्लियरिङ तथा सेटलमेन्ट प्रणाली, मार्जिन व्यवस्थापन, जोखिम नियन्त्रण, डेरिभेटिभ कारोबारसम्बन्धी नियमावली, दक्ष ब्रोकर तथा लगानीकर्ता शिक्षा आवश्यक पर्छ। साथै सेबोन, नेप्से, सिडिएस एन्ड क्लियरिङ लिमिटेड र ब्रोकर कम्पनीहरूबीच समन्वित पूर्वाधार विकास अपरिहार्य हुन्छ।

अर्थशास्त्रीहरूका अनुसार यस्ता आधुनिक उपकरणले बजारमा तरलता बढाउने, मूल्य निर्धारणलाई प्रभावकारी बनाउने तथा लगानीकर्तालाई जोखिम व्यवस्थापन गर्ने अवसर दिन्छ। तर अनुभवहीन लगानीकर्ताका लागि यस्ता कारोबार अत्यधिक जोखिमपूर्ण हुन सक्ने भएकाले धेरै देशमा प्रारम्भिक चरणमा संस्थागत तथा योग्य लगानीकर्तालाई मात्र अनुमति दिने अभ्यास छ।

यसर्थ, सेबोन अध्यक्ष डा. गोपाल भट्टले भनेको ूबजार घट्दासमेत प्रतिफल दिने व्यवस्थाू भन्नाले बजार घट्दा पनि नाफा कमाउन सकिने डेरिभेटिभ बजार, सर्ट सेलिङ, फ्युचर्स, अप्सन तथा अन्य आधुनिक वित्तीय उपकरणहरूको विकास हो। यो व्यवस्था लागू भएमा नेपाली पुँजीबजार केवल मूल्य बढ्ने अपेक्षामा आधारित बजार नभई दुवै दिशाको बजार मा रूपान्तरण हुन सक्छ। तर त्यसका लागि सुदृढ कानुनी आधार, आधुनिक प्रविधि, प्रभावकारी नियमन र लगानीकर्ता सचेतना एकसाथ विकास गर्नुपर्ने चुनौती अझै बाँकी छ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com