इजरायल र हमासबीच अस्थायी युद्धविराम

इजरायल र हमासबीच अस्थायी युद्धविराम
  • ८ मंसिर २०८०, शुक्रबार १५:०५

युद्धरत इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच अस्थायी युद्धविराम भएको छ। अन्तर्राष्ट्रिय समुदायको लगातारको दबाब र प्रयत्नपछि चार दिनका लागि युद्ध थामिएको हो।

mulpatra

इजरायल र हमास गजामा बन्दी बनाइएका ५० भन्दा बढी महिला र बालबालिकालाई पहिलो चरणमा मुक्त गर्न दुवै पक्षा सहमत भएका छन्।

अन्तराष्ट्रिय समाचार संस्थाहरुका अनुसार इजरायल र हमासबीचको सो सहमतिलाई इजरायली सरकारले अनुमोदन गरेको छ। यो अनुमोदनसँगै बन्दीहरु मुक्त हुने प्रक्रिया चाँडै सुरू हुनेछ।

mulpatra mulpatra mulpatra

सहमतिअनुसार हमासले यी बन्दीहरु मुक्त गरेवापत इजरायलले गजामा भैरहेको हवाई तथा अन्य सैन्य आक्रमण चार दिनलाई स्थगित गर्नेछ।

अक्टोबर ७ (असोज २० गते) मा हमासले इजरायलमा आक्रमण गरी त्यहाँबाट २६ विदेशी मुलुकका र इजरायली नगारिक गरी २३९ जनालाई बन्दी बनाएर गजा लगेको थियो। बन्धक बनाइएकामा एक नेपाली पनि छन्।

अरु बन्दीहरु कहिले छाडिने भन्ने प्रष्ट नभए पनि पहिलो चरणका ५० बन्दी मुक्त भएपछि इजरायलले प्रत्येक एक दिन युद्दविराम लम्ब्याएवापत हमासले १० जना बन्दी छाड्ने सहमति भएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

Image Source: © https://mulpatra.com