नेपालगन्ज रंगशालामा पहिलो पटक पौडी प्रतियोगिता

नेपालगन्ज स्वीमिङ क्लबद्धारा शनिवार नेपालगन्ज आयोजित सो प्रतियोगिताको ५० मिटरको खुल्ला पुरुष तर्फको बटरफ्लाईमा नेपालगन्जका अमित रावलले स्वर्ण, दांगका सुवास पाण्डेले रजत र नेपाली सेनाका भुवन बोटेले कास्य पदक प्राप्त गर्नुभयो ।
यस्तै ५० मिटरकै खुल्ला पुरुष फ्रिस्टाइलमा दांगका सुवास पाण्डेले स्वर्ण, नेपाली सेनाका भुवन बोटेले रजत र नेपालगन्जका अमित रावलले कास्य पदक प्राप्त गर्नुभयो ।

महिलाको ५० मिटर खुल्ला फ्रिस्टाइलमा सुप्रिया रावलले स्वर्ण, डा. महिमा शाहले रजत र जमुना डाँगीले कास्य पदक प्राप्त गर्नुभयो । सोही प्रकारले १५ वर्ष मुनिका बालिकाको ५० मिटर फ्रिस्टाइलमा जमुना डाँगीले स्वर्ण, संस्कृति अधिकारीले रजत र कस्वी गुरुंगले कास्य पदक जित्नुभयो ।