Close

Recent Posts

अध्यक्ष ढकालद्वारा युएइका लगानीकर्तालाई जलविद्युत र पर्यटनमा लगानी गर्न आह्वान

अध्यक्ष ढकालद्वारा युएइका लगानीकर्तालाई जलविद्युत र पर्यटनमा लगानी गर्न आह्वान
  • १५ मंसिर २०८०, शुक्रबार ०६:०६

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) कालगानीकर्ताहरूलाई नेपालमा लगानी बढाउन तथा नयाँ लगानीका अवसर छोप्न आग्रह गरेका छन्।

mulpatra

दुबईमा आयोजित नेपाल युएइ बिजनेस फोरमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालको अर्थतन्त्र देखिएको सुधारले लगानीकर्ताहरूलाई नयाँ अवसरहरू सृजना भएको बताए।  

अध्यक्ष ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आईसीटी गरी चार क्षेत्रहरूमा लगानीको आकर्षण रहेको बताए। आफ्नै आन्तरिक बजार तथा  भारत र बङ्गलादेशका क्षेत्रीय बजारहरूमा ऊर्जाको माग बढिरहेकाले नेपालको जलविद्युतमा  गरिने लगानीले उच्च प्रतिफल दिने अध्यक्ष ढकालले उल्लेख गरे।

mulpatra mulpatra mulpatra

अध्यक्ष ढकालले थप पर्यटकहरूलाई स्वागत गर्न नेपालमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनमा आएको र निजी क्षेत्रले  लक्जरी होटेल तथा रिसोर्टहरूमा लगानी बढाएको जानकारी दिए।

अध्यक्ष ढकालले युएईका लगानीकर्ताहरूलाई होटल, केबलकार, थिम पार्क र हिल स्टेसन लगायतका पर्यटन पूर्वाधारमा लगानी साझेदारीका लागि समेत आग्रह गरे।

अध्यक्ष ढकालले नेपालको उच्च हिमाली क्षेत्रका कृषि उत्पादन तथा जडिबुटीको बिश्व बजारमा माग रहेको र कृषि प्रशोधनमा समेत लगानीका थप अवसरहरू रहेको तर्फ पनि  युएइका लगानीकर्ताहरूको ध्यानाकर्षण गराए।

Image Source: © https://mulpatra.com

डिजिटल अर्थतन्त्रको विकासले आइसिटी क्षेत्रमा  युवाहरूको आकर्षण बढेकाले यस क्षेत्रमा समेत लगानी साझेदारीका सम्भावनाहरू प्रशस्त रहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे। 

व्यापार र लगानीमा बैंकिङ तथा वित्तीय क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेकोले  नेपालको बैंकिङ क्षेत्रमा युएइको लगानी प्रवर्द्धन गर्न पनि अध्यक्ष ढकालले आग्रह गरे।

कडा परिश्रम र इमानदारिताका लागि नेपाली श्रम शक्ति परिचित रहेको तर्फ ध्यानाकर्षण गराउँदै अध्यक्ष ढकालले श्रमिकहरूलाई थप दक्ष बनाउन प्राविधिक तथा व्यावसायिक जनशक्ति विकासमा समेत लगानी गर्न सकिने बताए।

नेपाल र युएइबीच द्विपक्षीय लगानी सम्झौताको मस्यौदा तयार गर्ने  प्रधानमन्त्री दाहालको प्रतिवद्धताप्रति आभार व्यक्त गर्दै  अध्यक्ष ढकालले लगानी प्रवर्द्धनमा सरकारको सहयोग महत्त्वपूर्ण हुने बताए।

दुई देशबीचको आर्थिक सम्बन्धलाई मजबुत बनाउन सबै तहमा सहकार्य गर्न नेपाल उद्योग वाणिज्य महासंघ तत्पर रहेको पनि अध्यक्ष ढकालले जानकारी गराए।

दुबईमा आयोजित नेपाल युएई बिजनेस फोरममा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित दुई देशका लगानीकर्ताहरूको उपस्थिति रहेको थियो।