Close

Recent Posts

इजरायलले फेरी थाल्यो गाजामा आक्रमण

इजरायलले फेरी थाल्यो गाजामा आक्रमण
  • १५ मंसिर २०८०, शुक्रबार ०७:०५

काठमाडौं । इजरायली सेनाले युद्धविराम सकिएसँगै गाजामा आक्रमण थालेको बताएको छ । कतार, इजिप्ट, संयुक्त राज्य अमेरिकालगायत अन्तर्राष्ट्रिय मध्यस्थकर्ताको संलग्नतामा भएको सम्झौताअनुसार दुवै पक्षबीच सात दिनका लागि युद्ध रोकिएको थियो ।

mulpatra

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायललाई आफ्नो आक्रमणका क्रममा सर्वसाधरणको हताहती कम गर्न आग्रह गरेका छन् ।

अक्टोबर ७ मा हमासले गरेको आक्रमण इजरायलमा १२०० मानिसको मृत्यु भएको थियो । त्यसपछि इजरायलले गाजामा आक्रमण थालेको थियो । हालसम्म गाजामा १५ हजारभन्दा बढीको ज्यान गइसकेको बताइएको छ ।