कालो सूचीमा परे १४ निर्माण कम्पनी

काठमाडौं । सरकारले विभिन्न १४ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
विभिन्न सरकारी निकाय अन्तर्गतका पूर्वाधार निर्माणका काम र खरिद प्रक्रिया अलपत्र पार्ने १४ वटा कम्पनीलाई कालो सूचीमा राखिएकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले शुक्रबार सूचनामार्फत जानकारी दिएकाे छ ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ देखि ३ वर्षसम्म काम गर्न नपाउने गरी ती कम्पनीलाई कालोसूचीमा राखिएको हाे । विभिन्न सार्वजनिक निकायबाट सिफारिस भएअनुसार मंसिर १४ गतेको निर्णय बमाेजिम ती कम्पनीलाई कालाेसूचीमा राखिएकाे सूचनामा उल्लेख छ ।
