भारतीय विधानसभा चुनावः तीन प्रदेश भाजपाको पोल्टामा

काठमाडौं- भारतको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले तीन प्रदेशमा जित हासिल गरेको छ । भारतीय निर्वाचन आयोगका अनुसार मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा भाजपा विजयी भएको छ भने तेलंगानामा कंग्रेस आइ विजयी भएको छ ।
मध्य प्रदेशमा कुल २३० सिटमध्ये भाजपाले १६४ सिट जितेको छ भने कंग्रेस-आईले ६५ सिट मात्र जितेको छ।
त्यस्तै राजस्थानमा कुल २१५ सिटमध्ये भाजपाले ११५ र कंग्रेस-आईले ६९ सिट जितेको छ।
छत्तीसगढमा कुल ९० सिटमध्ये भाजपाले ५७ र कंग्रेस-आईले ३२ सिट जितेको छ।
भाजपाले यी तीन प्रदेशमा जित हासिल गरेसँगै कंग्रेस-आईलाई धक्का लागेको छ। सन् २०१८ को निर्वाचनमा यी तीनै प्रदेशमा कंग्रेस-आईले जित हासिल गरेको थियो।
तेलंगना राज्यमा भने कंग्रेस-आईले भारत राष्ट्र समिति (बिआरएस) को दस वर्षे सत्ता अन्त्य गरेको छ।
तेलंगनामा कुल ११९ सिटमध्ये कंग्रेस-आईले ६४ र बिआरएसले ३९ र भाजपाले ८ सिट मात्र जितेको छ।