इन्डोनेसियामा ज्वालामुखी विस्पोट

इन्डोनेसियामा ज्वालामुखी विस्पोट
  • १८ मंसिर २०८०, सोमबार ०७:०८

१८ मंसिर, काठमाडौं । इन्डोनेसियाको पश्चिमी सुमात्रामा रहेको मारापी ज्वालामुखी विस्फोटपछि ११ आरोही मृत अवस्थामा फेला परेको समाचार छ ।

खोज तथा उद्धार टोलीका प्रवक्ता जोडी हरियावानका अनुसार ११ आरोहीको शवसहित तीन जना जीवितै फेला परेका थिए ।

ज्वालामुखी विस्फोट हुँदा त्यस क्षेत्रमा ७५ जना पदयात्री रहेको बताइएको छ । सोमबार थप ३ जनाको उद्धार गरिएको छ । त्यसअघि ४९ उद्धार गरिएको थियो । उद्धार गरिएकाहरुमध्ये धेरैजसोको शरीर जलेको छ भने उनीहरु निकै कमजोर अवस्थामा रहेका उद्धारकर्मीहरुले बताएका छन् ।