रुसीमा सेनामा भर्ती भई मृत्यु भएका ६ जना नेपालीको शव नेपाल ल्याइने

रुसीमा सेनामा भर्ती भई मृत्यु भएका ६ जना नेपालीको शव नेपाल ल्याइने
  • १८ मंसिर २०८०, सोमबार १२:५५

काठमाडौँ । रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको मृत्यु भएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले हालसम्म रुसी सेनामा गएका ६ जना नेपालीको मृत्यु भएको जनाएको हो ।  

सोमबार परराष्ट्र मन्त्रालयले  विज्ञप्ति जारी गरेर मृतकको शव नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति दिन अनुरोध गरेको जनाएको छ । ‘नेपाल सरकारले रूसी सरकारलाई निजहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको छ’, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सी सेनामा निधन भएका नेपालीहरु सम्बन्धी प्रेस विज्ञप्ति

यस मन्त्रालयले मिति २०८०।०४।१६ मा एक प्रेस विज्ञप्ति मार्फत विदेशी सेनामा नेपाली नागरिकहरु भर्ना सम्बन्धमा परम्परागत रुपमा रहेको सम्झौता अन्तरगत केही मित्रराष्ट्रहरुको राष्ट्रिय सेनामा नेपाली नागरिकहरु भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको ब्यहोरा स्पष्ट गरेको विदितै छ।

तथापि,रुसमा हालै देहायका ६ जना नेपाली नागरिकहरुको रुसी सेनामा कार्यरत रहँदा दुःखद निधन भएको जानकारी यस मन्त्रालयलाई प्राप्त भएको छ।नेपाल सरकार दिवंगतहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारहरुप्रति गहिरो समवेदना व्यक्त गर्दछ।

नेपाल सरकारले रुसी सरकारलाई निजहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको छ।

निधन भएका नेपालीहरुको विवरण:

क्र. सं.     नाम     नेपालमा ठेगाना

१     सन्दिप थपलिया   गोरखा

२     रुपक कार्की    वाणगंगा-१, कपिलवस्तु

३     देवान राई    पोखरा, कास्की

४     पितम कार्की    पुतलीबजार-५, स्याङ्गजा

५     राज कुमार रोका    मेलुङ्ग-६, दोलखा

६     गंगाराज मोक्तान   इलाम-५, इलाम

यस सम्बन्धमा नेपाली नागरिकलाईरुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रुसी सरकारलाई अनुरोध गरिएको छ।