Close

Recent Posts

नेत्रहीन क्रिकेट प्रतियोगितामा बागमती बन्यो च्याम्पियन

नेत्रहीन क्रिकेट प्रतियोगितामा बागमती बन्यो च्याम्पियन
  • २१ मंसिर २०८०, बिहीबार १५:२३

२१ मंसिर, काठमाडौं । ३२औं अपाङ्गता दिवसको अवसरमा नेत्रहिन क्रिकेट संघ, नेपालले आयोजना गरेको नेत्रहीन क्रिकेट प्रतियोगिताको उपाधि बागमतीले जितेको छ ।

मूलपानी क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा कास्कीलाई हराएर बागमती च्याम्पियन बनेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको कास्कीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५४ रन बनाएको थियो । कास्कीको लागि सुनिल राना मगरले सर्वाधिक ५३ रन बनाएका थिए ।

बलिङमा बागमतीका किरण चलाउनेले २, निश्चल शिवाकोटी, भुपराज पाठक र सुजन श्रेष्ठले समान १ विकेट लिए

१५५ रनको लक्ष्य बागमतीले १५.५ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो । बागमतीका लागि भुपराज पाठकले सर्वाधिक ४१ रन बनाएका थिए । कास्कीका युवराज भण्डारीले २ विकेट लिए ।

बागमतीका भुपराज पाठक फाइनल खेलको प्लेयर अफ द म्याच घोषित भए ।

मंसिर १७ देखि २० गतेसम्म मुलपानी क्रिकेट मैदानमा भएको प्रतियोगितामा कास्की, म्याग्दी, सिन्धुपाल्चोक, बागमती काठमाडौं तथा राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोली सहभागी थियो ।