तस्करले युद्धग्रस्त इजरायल अवैध बाटो हुँदै नेपाली कामदार पठाउन थाले
– रमेश भारती
युद्धग्रस्त इजरायल तस्करीले वैदेशिक रोजगारीको प्रलोभन देखाएर नेपाली कामदार पठाउन थालेका छन्। इजरायल गैरकानूनी बाटो हुँदै नेपाली युवाहरु पुग्न थालेको सूचना समेत बाहिरिन थालेको छ। बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमा एक जना नेपाली इजरालय भारत हुँदै वैदेशिक रोजगारीमा जान्न मिल्छ भनेर जिज्ञासा लिएका थिए।
उनले आफु इजरायल रोजगारीमा श्रीलंका हुँदै जान लागेको र केही समस्या पर्छ की पदैन् भनेर श्रम मन्त्रालयको कल सेन्टरमा सोधेको मन्त्रालय स्रोतले बताएको छ। कल सेन्टरका कर्मचारीले ती व्यक्तिलाई नेपालले तत्काल इजरायलको श्रम स्वीकृति बन्द गरेको र त्यहाँ रोजगारीमा बन्द रोक लगाइएको जानकारी गराएका थिए। ती व्यक्तिले भने आफु इजरायलको रोजगारीमा जान श्रीलंका पुगेका बताउँदै फोन काटेको कल सेन्टरका एक कर्मचारीले जानकारी दिए।
श्रम मन्त्रालयका अनुसार ती व्यक्ति आफनो परिचय खुलाएनन् र उनीसँग अन्य १० जना नेपाली इजरायल हिडेको समेत जानकारी गराए। नेपाल सरकारले हमासको आक्रमणपछि बन्द गरेको इजरायलको श्रम स्वीकृति खुलाएको छैन । श्रम स्वीकृति नखुल्दा नयाँसहित बिदामा घर आएका केयरगिभरहरु कामदार समेत रोकिएका छन्। तत्काल श्रम स्वीकृति खुल्ने अवस्था पनि नभएको वैदेशिक रोजगार विभागले जनाएको छ।
इजरायल सरकारले युद्धका कारणले आप्रवासी कामदार फिर्ता भएपछि त्यहाँको निजी क्षेत्रलाई ९० दिनभित्र विदेशी कामदार ल्याउन सहुलियत दिएको छ। जसमा भारत, श्रीलंका, थाइल्याण्ड र भियतनाले इजरायल वैदेशिक रोजगारीमा कामदार पठाइरहेका छन्। तस्करले इजरायल रोजगारीको प्रलोभन देखाएर नेपालीलाई भारत, श्रीलंका र थाइल्याण्ड हुँदै पठाउन थालेको सूचना आएको श्रम मन्त्रालयले स्रोतले जानकारी दिए।
प्रहरीले नेपाली युवालाई रुसी सेनामा भर्ती गराउन सेटिङमार्फत पठाएको आरोपमा १२ जना तस्करलाई बुधवार पक्राउ गरेको थियो। यस्तै गिरोहले इजरायल पनि रोजगारीको प्रलोभन देखाएर नेपाली पठाइरहेको हुनसक्ने प्रहरीको पनि अनुमान छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले बुधबार नेपालीलाई भारत, यूएई हुँदै रुससम्म पु¥याएको आरोपमा पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको थियो। पक्राउ परेका व्यक्तिको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
युद्धग्रस्त देश इजरायल, रुस र युक्रेन नेपाली कामदार अवैध बाटो भएर पठाउने गिरोह सक्रिय भएको सूचना आइरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए। दाहालका अनुसार सामाजिक सञ्जालमा विज्ञापन गरी तस्करले नेपाली कामदारलाई युद्धग्रस्त देश पठाइरहेको विषयमा सरकारले गम्भीर भएर अनुसन्धान गरिरहेको छ। उनले भने। ‘तस्करीको सञ्जाल कहाँ र कस्तो छ भनेर प्रहरीको सहयोगमा खोजी भइरहेको छ।
अहिलेको मुख्य समस्या भनेको युद्धग्रस्त देशमा तस्करमार्फत गइरहेका कामदार रोक्नु हो।’ रोजगारीमा जान पाइने भएपछि नेपालीहरु युद्धग्रस्त देश समेत जोखिम मोलेर जाने गरेको दाहालको भनाइ छ। इजरायलस्थित नेपाली दूतावासले भने, नेपाली अवैध बाटो भएर यहाँ रोजगारीमा नेपाली कामदार आएको सूचना नपाएको जनाएको छ।
यो विषयमा अध्ययन गर्ने दूतावासले जनाएको छ। इजरायलमा भएको प्यालेष्टिनी विद्रोही समूह हमासको आतंकवादी आक्रमणमा १० जना नेपालीको मृत्यु भएको थियो। उनीहरू अध्ययनका लागि इजरायल पुगेका थिए। भने, एक जना नेपाली विपन जोशी प्यालेष्टिनी विद्रोहीको कब्जा छन्। उनको उद्धारका लागि सरकारले अन्तराष्ट्रिय समुदायसँग आग्रह समेत गरिरहेको छ। इजरायल सरकारले नै कामदार पठाउँदै आएको छ।
सरकारले सन् २०२३ मा सरकारीस्तरमा १ हजार ४ सय कामदार छनोट गरी केभरगिभर र स्वास्थ्य क्षेत्रको रोजगारीमा कामदार पठाएको छ। हाल इजरायलमा ७ हजारभन्दा नेपाली रोजगारीमा कार्यरत रहेको श्रम मन्त्रालयले जनाएको छ।