Close

Recent Posts

ओलीले झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रामा भनेका व्यवस्था विरोधी को हुन?

ओलीले झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रामा भनेका व्यवस्था विरोधी को हुन?
  • २२ मंसिर २०८०, शुक्रबार १४:०५

झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा कार्यक्रममा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवस्थामाथि औंला उठाउनेविरुद्ध सबै राजनीतिक दल मिलेर लड्नुपर्ने भाषण गर्दै आएका छन्। ओलीले एमालेले मंसिर १४ गतेदेखि सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा कार्यक्रममा जहाँ–जहाँ सम्बोधन गर्दै आएका छन्।

उनले ती स्थानमा गणतन्त्र र व्यवस्थाविरुद्ध केही व्यक्तिले औला ठड्याउन थालेका छन्, यसविरुद्ध अहिलेको अवस्थामा सबै राजनीतिक दल मिलेर लड्नुपर्ने धारण पनि राख्दै आएका छन्। झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रामा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन र कालीगण्डकी किनारमा नेकपा माओवादीका उपमहासचिव जनार्दन शर्मासँग समेत भेटभाट गरेका छन्।

को हुन् व्यवस्था विरोधी ओलीले एमालेको झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा कार्यक्रममा सरकार र राजावादीहरूमाथि धेरै खनिएको फाइन्छ। ओलीले गणतन्त्र र व्यवस्थाविरुद्ध राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नागरिक बचाउ महाअभियानको नेतृत्व गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाई लक्षित गरिरहेको पाइन्छ।

प्रसाईले मंसिर ७ मा ललितपुरको बल्खुमा नागरिक आन्दोलन गरेका थिए। उनको आन्दोलनसँग एमालेनिटक युवा संघले कार्यक्रम जुध्याएको थियो। प्रसाईसँग आन्दोलन एकै दिन जुध्याएको प्रति सामाजिक सञ्जालमा ओली र एमाले नेता महेश बस्नेतको ठुलो विरोध समेत भएको थियो। राप्रपा अध्यक्ष लिङ्देनले मंसिर ९ गते झापामा पुर्वराजा ज्ञानेन्द्र शाहलाई लागेर शक्ति प्रर्दशन गरेका थिए।

काठमाडौंमा प्रसाई र झापामा लिङ्देनले राजावादी गतिविधि र शक्ति प्रर्दशन गरेको प्रति एमाले अध्यक्ष ओली सन्तुष्ट छैन। जसका कारण पनि उनले झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा कार्यक्रममा लिङ्देन र प्रसाईलाई गणतन्त्र र व्यवस्था विरोधी भनेर आरोप लगाइरहेका छन्। ओलीकै सहयोगमा राप्रपा अध्यक्ष लिङ्देनले गत वर्षको निर्वाचनमा झापा–३ बाट चुनाब जितेर नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारमा उपप्रधान तथा उर्जा मन्त्री भएका थिए।

भने, ओलीले नै एमालेको केन्द्रीय सदस्य र उद्योग विभागको उपप्रमुख बनाएका मेडिकल व्यवसायी प्रसाई अहिले एमाले छाडेर राष्ट्रवादी आन्दोलनमा होमिएका छन्। प्रसाईले ओलीमाथि नै खनिदै आएका छन्। झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको क्रममा रुकुमपूर्वको कार्यक्रममा बुधबार रुकुमपूर्वको भेलामा ओलीले अहिले देशको नाजुक अवस्था अत्यन्तै कमजोर बनाउन खोजिएकोबारे एमालेले मात्र आवाज उठाइरहेको बताएका थिए।

उनले देशलाई असफल बनाउन खोज्ने देशभित्रका केही तत्व र देश बाहिर नेपालको अहित चाहने तत्वविरुद्ध सामूहिकरूपमा राजनीतिक दलले मिलेर लड्नुपर्ने धारण क्रममा रुकुमपूर्वको कार्यक्रमा राखे। ओली आछाममा समेत यही भाषणा गरे। ‘राजनीतिक पार्टी गणतन्त्रका लागि ठूलो लगानी गरेर ल्याएका हौं, यसविरुद्ध हुने गतिविधि सबै मिलेर लड्नुपर्दछ।

नत्र, देशको स्वाधीनतामा गर्व गर्ने ठाँउ हुँदैन्। उनले भने, ‘सरकारका कारण धेरै समस्या देशमा भइरहेको छ। सरकार मौन बस्दा व्यवस्था विरोधीहरुले शीर उठाउन थाले। अब सबै मिलेर अप्ठ्यारो पहिचान गरौं। नेपालको अहित चाहनेहरुविरुद्ध सबै सचेत बनौं।’ भन्ने भाषणा हरेक दिन झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा कार्यक्रममा गर्दै आएका छन्।

ओली यी कार्यक्रममा व्यक्तिको नाम भने लिएका छैनन्। तर, राजा संस्था ब्यूत्याउने सपना बोकेर हिडेका केही पार्टी र व्यक्ति सडकमा उफरिन थालेको भन्दै राजामाथि खनिएका छन्। उनले देशमा राजावादीका नाममा अस्थिर र अराजक भइरहेको छ। यसैका कारण राजनीतिक दलको जनविश्वास घट्दै गएको समेत औल्याएका छन्। ‘राजनीति निराशायुक्त छ। अहिलेको अवस्थाका बारेमा धेरै अवगतबारे छौं। अर्थतन्त्र अत्यन्तै अफ्ठेरो अवस्था पुगेको मात्र होइन।

अझ बिग्रिरहेको छ। सरकारलाई वास्ता छैन। धेरै बेथिति रोक्नुपर्ने छ। यो अवस्था नियन्त्रण गर्ने एमाले अभियान चलाइरहेको हो।’ ओलीले झुलाघाट–चिवाभञ्ज्याङ कार्यक्रममा हरेक दिन दो¥याउने भाषणा यही हो। सरकारको कर्मचारीमाथि हस्तक्षेप, अपराधी रोक्नुपर्ने अवस्था छ, अपराधीलाई कारबाही गर्न सकिरहेको छैन, सबैतिर सरकारले गल्ती गर्दै गएको छ, राज्यको तर्फबाट लज्जास्पद काम भइरहेको छ, न्यायालयमा सरकारको हस्तक्षेप र गणतन्त्रसँगै अहिलेको व्यवस्था विरोधी गतिविधिलाई सरकारले रोक्नुको सट्टा प्रोत्साहन गरिरहेको ओलीले पदयात्राका क्रममा आरोप लगाइरहेका छन्।

नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले अहिलेको अवस्थामा एमालेका अध्यक्ष केपी ओली ठुलो व्यवस्था विरोधी पार्टी नेतृत्व गरिरहेको आरोप लगाएका छन्। ओलीसँग व्यवस्था सुधार्ने योजना नभएर जनता झुक्याउन झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा कार्यक्रममा गरेको बताउँदै उनले भने, ‘एमालेको यो कार्यक्रम ओलीको मुड फ्रेस गर्ने मात्र गरेको हो। केही भिजन छैन र जनताको सहभागि पनि देखिएन’ ओली राजावादीका नाममा शक्ति प्रर्दशन गरिरहेको राप्रपालाई पनि व्यवस्था विरोध संज्ञा दिएका छन्। यो विषयमा राप्रपा अध्यक्ष लिङ्देनले केही प्रतिक्रिया दिएका छैन्।

एमाले अहिले देशमा भइरहेको अवस्थाका बारेमा जनतालाई सचेत गराउन झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा कार्यक्रम गरेको युवा संघका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए। जनताले दुःख गरेर ल्याएको गणतन्त्रमाथि प्रश्न र शक्ति प्रर्दशन हुँदा समेत सरकार मौन बसेको कारण एमाले गणतन्त्र जोगाउन व्यवस्थाविरोधी गतिविधि विरुद्ध झुलाघाट– चिवाभञ्ज्याङ पदयात्रा कार्यक्रममा आवाज उठाइरहेको उनको दाबी छ।

एमालेको मध्यपहाडी राजमार्गको पश्चिमी सिमाना झुलाघाटबाट सुरु भएको अभियान पाँचथरको चिवाभञ्ज्याङ पुगेर ३० पुसमा सम्पन्न हुँदैछ। एमालेको यो बुधबार कार्यक्रम गण्डकी प्रदेशको रुकुमपूर्व पुर्व आइपुगेको छ।