नेपाल–भारत साहित्य समारोहमा मिर्जा गालिबको सम्झना

काठमाडौं । मासिकरूपमा आयोजना गरिने कार्यक्रम ‘नेपाल–भारत साहित्य समारोह’मा विश्वप्रसिद्ध उर्दू शायर मिर्जा गालिबको सम्झना गरिएको छ ।
गालिबको जन्मजयन्तीको अवसर पारेर बुधबार प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘जश्न–ए–गालिब’ कार्यक्रममा स्रष्टाहरूले ‘मिर्जा असदूल्लाह खान गालिब’को सम्झनामा शब्दहरू खर्चिए ।
प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले गालिबको नामसँग जोडिएको कार्यक्रममा उपस्थित हुन पाउँदा खुसी लागेको बताउँदै प्रतिष्ठानले भाषा साहित्यका क्षेत्रमा गर्दै आएको कामका बारेमा बताए ।