Close

Recent Posts

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

घरेलु मैदानमा भारतलाई पराजित गर्दै अस्ट्रेलियाले जित्यो छैटौँपटक विश्वकप क्रिकेटको उपाधि 

  • २४ जेष्ठ २०७९, मंगलवार ०३:५४

भारतमा सम्पन्न ओडीआई विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ । आज भारतको अहमदावादस्थित नरेन्द्र मोदी मैदानमा घरेलु टिम भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले छैटौँपटक उपाधि जितेको हो । अस्ट्रेलियाले ४ विकेटको क्षतिमा ४३ ओभरमा २४१ रनकाे लक्ष्य पूरा गरेको हो । 

mulpatra

अस्ट्रलियाको जितमा ट्रेभिस हेड नायक बने । २४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका लागि हेडले १३७ रन बनाए । यस्तै मार्नस लाबुसांगेले नटआउट ५८ रन बनाए । यी दुईबीचको साझेदारीले अस्ट्रेलियालाई छैटौँपटक विश्वविजेता बनायो । 

भारतका लागि जसप्रित बुमराहले दुई विकेट लिए भने प्रतियोगितामा सर्वाधिक २४ विकेट लिएका मोहम्मद शामी र मोहम्मद सिराजले एक विकेट लिए । ्

mulpatra mulpatra mulpatra

यसअघि अस्ट्रेलियाका मिचेल स्टार्कले तीन विकेट लिएपछि भारत ५० ओभरमा २४० रन बनाउँदा अलआउट भएको थियो । टस जितेका अस्ट्रेलियाका कप्तान पाट कमिन्सले पहिला बलिङको निर्णय लिएका थिए । जुन सही सावित भयो । 

प्रतियोगितामा भारत लगातार १० खेल जितेर फाइनलमा हारेको छ भने अस्ट्रेलियाले सुरुवाती दुई खेलमा हार व्यहोरेको थियो । समूह चरणमा भारतसँग हारेकाे अस्ट्रेलियाले फाइनलमा उसकै भूमिमा हराउँदै उपाधि उचालेको हो । यसअघि अस्ट्रेलियाले १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो । यसअघि भारत र अस्ट्रलियाबीच २००३ मा पनि फाइनलमा भिडन्त भएको थियो । त्यतिबेला पनि अस्ट्रेलियाले जित हात पारेको थियो ।