Close

Recent Posts

पुर्वराजाकाे राप्रपालाई ठाडाे निर्देशन, दुर्गा प्रसाईलाई सहयाेग गर्न

पुर्वराजाकाे राप्रपालाई ठाडाे निर्देशन, दुर्गा प्रसाईलाई सहयाेग गर्न
  • १८ पुष २०८०, बुधबार १५:०७

पुर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रियवादी महाअभियान चलाउँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई एकै ठाँउ उभिन सुझाव दिएका छन्। राजा शाहले आज राप्रपाका ५ जना शीर्ष नेतालाई निर्मल निवासमा बोलाएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

mulpatra

उनका अनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, बुद्धिमान तामाङ, धवलशम्सेर राणा, दिपक सिंह र रविन्द्र मिश्रलाई लन्चमा बोलाउनुभएको छ। ‘पुर्वराजाले राप्रपाका ५ जना शीर्ष नेतालाई लन्चमा बोलाएको हो। तर, के उद्देश्यले बोलाउनु भएको हो। त्यो विषयमा जानकारी भएन।’ उनले भने।

राप्रपाका एक नेताका अनुसार राजाले राजावादी शक्तिलाई एकै ठाँउमा उभ्याउन प्रयास गरिहनुभएको छ। राजाले सोहीअनुसार दुर्गा प्रसाई र राप्रपाको एजेन्डा एउटै हो। भनेर राप्रपा र प्रसाईलाई एउटै कित्तामा उभिन सुझाव समेत दिएको उनको दाबी छ। ‘राजाले गोप्य रुपमा प्रसाईुसँग भेटघाट गरी राप्रपासँग सहकार्य गर्ने सुझाव दिएका छन्।

mulpatra mulpatra mulpatra

प्रसाईले यो विषयमा सार्वजनिक रुपमा बोलेको छैन।’ उनले भने। प्रसाईले फागुन १ गते बसन्तपुरमा राजाको हातबाट दियो बाल्ने कार्यक्रम गर्दैछन्। उक्त कार्यक्रममा राप्रपा अध्यक्ष लिङदेनसहितका सबै शीर्ष नेतालाई सहभागि हुन अप्रत्यक्ष दबाब राजाले दबाब दिइरहेको ती नेताले जानकारी दिए। यो विषयमा राजाले राप्रपाका दोस्रो पुस्ताका नेतासँग गोप्य छलफल गरिसकेको उनको दाबी छ। उनका अनुसार ‘राजाले नेपालको पछिल्लो राजनीतिक देखेर चिन्तित हुनुहुन्छ। जसका कारण पनि राजावादी शक्तिलाई एकै स्थानमा ल्याउन प्रयास गर्न थाल्नुभएको हो।’

राप्रपाले मंसिर ९ गते राजालाई झापाको एक कार्यक्रम सहभागि गराइ अभिनन्दन गरेको थियो। मेडिकल व्यवसायी प्रसाईले समेत गत वर्षको फागुनमा राजा परिवारका सबै सदस्य झापाको मेची पुलमा लागेर महाअभियान सुरु गरेका थिए। गत मंसिर ७ गते प्रसाईले काठमाडौंमा हिन्दुराज्यको पक्षमा आन्दोलन गरेका थिए।