सर्लाहीको बरहथवामा झडप, एकजनाको मृत्यु
प्राथमिक स्वास्थ्य केन्द्रको विषयलाई लिएर सर्लाहीमा प्रहरी र सर्वसाधारणको झडप भएको छ । बरहथवा ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको थियो ।
आन्दोलनकारीले नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिन बल प्रयोग गर्दा प्रहरीको गोली लागि एक जनाको मृत्यु भएको छ ।
प्रहरीको गोली लागि बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएको आन्दोलनकारीले दाबी गरेका छन् ।