आईसीसी टी-२० विश्वकपको खेल तालिका सार्वजनिक

आईसीसी टी-२० विश्वकपको खेल तालिका सार्वजनिक
  • २१ पुष २०८०, शनिबार १४:२२

आइसिसी टी-२० विश्वकप २०२४ मा आईसीसीले शुक्रबार सार्वजनिक गरेको खेलतालिका अनुसार नेपाल समूह डी मा परेको छ ।  टी-२० विश्वकपमा कूल २० राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । जसमा सहभागि टिमलाई चार समूहमा विभाजन गरिएको छ । तालिका अनुसार निम्न देशहरु विभिन्न समूहमा रहेर खेल्नेछन ।

समूह ए :  भारत, पाकिस्तान, अमेरिका, क्यानडा, आयरल्यान्ड
समूह बी : इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान 
समूह सी : न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा, पपुवा न्युगिनी 
समूह डी :  दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्स, नेपाल 

विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन्। त्यसपछि १९ देखि २४ जुनसम्म सुपर ८ हुनेछ। सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल १९ जुनमा हुनेछ।