ओमानमा हुने एसीसी प्रिमियर कपमा नेपालसहित १० टोलीले खेल्ने

काठमाडौं । एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले २०२४ को क्यालेन्डर सार्वजनिक गरेको छ । क्यालेन्डर अनुसार एसीसी प्रिमियर कप आगामी अप्रिलमा ओमानमा हुने भएको छ ।
उक्त प्रिमियर कम प्रतियोगितामा साविक विजेता नेपालसहित एसियाका १० देशले प्रतिस्पर्धा गर्नेछन् ।
जसमा साविक विजेता नेपालसहित युएई, ओमान, हङकङ, कुवेत, मलेसिया,बहराइन, कतार र एसीसी च्यालेन्जर कपबाट छनोट भएर आउने दुई टोली हुनेछन् ।