जिते मेस्सीले फिफा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड

काठमाडाैं । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड जितेका छन् ।
मंगलबार बिहान लण्डनमा आयोजित कार्यक्रममा उनलाई सन् २०२३ को वर्ष खेलाडी अवार्ड प्रदान गरिएको हो । आठ पटक बालोन डी ओर अवार्ड जितेका मेस्सीले तेस्रोपटक फिफा अवार्ड जितेका हुन् ।
यो अवार्डका लागि नर्वेका एर्लिङ हालान्ड र फ्रान्सका केलियन एम्बाप्पे पनि छनोटमा परेका थिए ।