Close

Recent Posts

प्रधानमन्त्री कप आर्मी १३ रनले पराजित

प्रधानमन्त्री कप आर्मी १३ रनले पराजित
  • ७ माघ २०८०, आईतवार १४:३७

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबार भएको दुई विभागीय क्लबबिचको भिडन्तमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबमाथि १३ रनले जित हासिल गरेको छ ।

mulpatra

जारी प्रतियोगितामा हालसम्म तीन खेल खेलेको पुलिस क्लबले हासिल गरेको यो लगातार तेस्रो जित हो । चौथो खेल खेलेको आर्मी क्लबको भने यो दोस्रो हार हो । आर्मी क्लब यसअघि दुई खेलमा विजयी भएको थियो ।

सिद्धार्थनगर रंगशालामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको पुलिस क्लबले निर्धारित ३३ मध्ये ३१।४ ओभरमै अलआउट हुनुअघि एक सय ४० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको आर्मी क्लबले ३२।२ ओभरमा अलआउट हुनुअघि एक सय २७ रनमात्र बनाउन सक्यो ।