Close

Recent Posts

सडकमा पार्किङ गर्न पाउनु पर्ने माग जायज होइन ।

सडकमा पार्किङ गर्न पाउनु पर्ने माग जायज होइन ।
  • ९ माघ २०८०, मंगलवार १४:५२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाएको छ । विगतमा न्युरोडका विभिन्न सडक, विशाल बजार अघिल्तीर सडकको एकछेउमा पार्किङ गर्न दिएको भएपनि त्यसले न्युरोडलाई कुरुप बनाएको र अव्यवस्थित शहर देखिएको जनाउँदै कालोपत्रे कुनै पनि सडक छेउमा पार्किङ नदिने र महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने विकल्प दिँदै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो ।

mulpatra


तर महानगरको निर्णयप्रति न्युरोडका व्यापारीहरूले असन्तुष्टि स्वरुप आज सटर बन्द गराएका छन् । पार्किङ हटाउने निर्णयले आफ्नो व्यापारमा असर पर्ने भन्दै उनीहरूले पसल नै बन्द गरेर सडकमा विरोध प्रदर्शन गरेका छन् ।


केही व्यवसायिहरु विरोधमा उत्रेपनि अधिकांश व्यापारीहरु व्यवस्थित र सुन्दर शहरको पक्षमा रहेको जनाएका छन । उता स्थानीय बासिन्दा बालेनको उक्त निर्णय प्रति खुसी देखिएका छन । व्यवसायि प्रदर्शन गरिरहेका बेला छेउमा उभिरहेका एकजना स्थानीयले भने ‘सडक खाली गराऔं, पार्किङ व्यवस्थित गराऔं भनेर महानगर लागिरहेको बेला यस्तो प्रदर्शन बेकार छ, बरु पार्किङको अन्य विकल्प खोज्न तिर लागे बेश हुन्छ’ भन्दै प्रदर्शनकारीले अराजक शैली अपनाएको कुरा व्यक्त गरे ।


सडकको पार्किङ हटाएको राम्रो भए पनि अर्को व्यवस्थित विकल्प दिएर हटाउँदा राम्रो हुने प्रदर्शनमा उत्रिएका व्यापारी हरिराम गौतमको भनाई छ । उनी भन्छन्, ‘व्यवसायको केन्द्र मानिने न्युरोडमा पार्किङ नै भएन भने दिनहुँ आउने हजारौँ ग्राहकसहित व्यापारी पनि मर्कामा पर्छन् । त्यसैले व्यवस्थित विकल्प दिए राम्रो हुन्छ ।’
यता अर्का एक व्यापारीले भने पार्किङ हटाएर राम्रो भएको जिकिर गरे । ‘लाखौ भाडा उठाउने घरहरुमा पार्किङ व्यवस्था नगर्ने अनि अव्यवस्थित शहर बनाउन सडकमा पार्किङ गर्न पाउनु पर्यो भन्ने माग जाय हुँदै हुदैन, उनले भने । बरु हरेक घरले भुईतला पार्किङको लागि व्यवस्थापन गर्न जरुरी छ ।’