Close

Recent Posts

पुर्वराजा शाह र मेडिकल व्यवसायी प्रसाईबीच पर्सामा भेटवार्ता

पुर्वराजा शाह र मेडिकल व्यवसायी प्रसाईबीच पर्सामा भेटवार्ता
  • १५ माघ २०८०, सोमबार १५:४३

मेडिकल व्यवसायी दुर्गा प्रसाई र पुर्वराजा ज्ञानेन्द्र शाहबीच पर्सामा भेटवार्ता भएको छ। राजा शाहले भेट्न बोलाएपछि प्रसाई आइतवार साँझ पर्सा पुगेको उनको सचिवालयले जनाएको छ।

mulpatra

पहिल्लो समय प्रसाईले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान चलाउँदै आएको छ।

आज पर्सामा पुर्वराजासँग वान टु वान वार्ता भएको प्रसाईले जानकारी दिए। उनका अनुसार राजा अहिलेको अवस्थाप्रति धेरै चिन्तित हुनुहन्छ।
राजाले अहिले जनतामा चिन्ता र निरासा के कारण छाइरहेको छ भन्ने जिज्ञासा राखेको प्रसाईले जानकारी दिए।
‘जनताका समस्या समाधान भइरहेका छन्। देशमा केही भइरहेको छ भन्ने विषयमा राजासँग छलफल भएको हो।’ उनले भने।

mulpatra mulpatra mulpatra

गत महिना राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० अध्यक्ष राजेन्द्र लिङदेनसहित केही नेतालाई सामूहिक भेटेका राजाले प्रसाईसँग भने एक्लै भेटेका छन्। लिङदेनपछि केशरबहादुर विष्टसहितका केही नेताहरुलाई पनि शाहले सामूहिक भेटेका थिए।

लिङदेन र विष्टलाई प्रसाईको आन्दोलन र अभियानलाई सहयोग गर्ने राजा सल्लाह दिएको राप्रपाकै नेताहरु बताउँछन्। राजाले उनीहरुलाई राष्ट्रिय झन्डाको पक्षमा राजनीतिक गर्ने पनि सुझाव दिएको पाइएको छ।

राप्रपा घोषित रूपमै नेपालमा संवैधानिक राजतन्त्र फर्काउने अभियानमा छ। राप्रपाको त्यो अभियान भन्दा आक्रामक ढङ्गले पछिल्लो समय दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान पनि राजासहित हिुन्दु राज्य फर्काउन अभियानमा छन्।

Image Source: © https://mulpatra.com

गत झापामा राजाले मेचीमा बालेको दियो फागुन १ गते काठमाडौंमा राजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्ने योजनामा प्रसाई छन्।