Close

Recent Posts

जावलाखेल आहा रारा गोल्डकपको सेमिफाइनलमा

जावलाखेल आहा रारा गोल्डकपको सेमिफाइनलमा
  • १५ माघ २०८०, सोमबार १५:४७

पोखरा । मनाङ मस्र्याङ्दी क्लबलाई घरेलु मैदानमा हराएर जावलाखेल यूथ क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । सोमबार पोखरा रंगशालामा भएको स्पर्धामा सडन डेथमा जावलाखेलले मनाङलाई ७–६ गोल अन्तरले हराएको हो ।

mulpatra

सडन डेथमा मनाङका रणदीप पौडेलको प्रहार जावलाखेलका गोल रक्षक युनेष चौधरीले उत्कृष्ट बचाउ गर्दै टिमलाई जित दिलाए ।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा रोकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो । थपिएको ३० मिनेटमा दुवै टिमबाट गोल नभएपछि टाई ब्रेकरमा पुग्यो ।