‘रुसमा आँखै अगाडी साथीहरु ढलेपछि दलाललाई सात लाख खर्च तिरेर भाग्यौंं’

‘रुसमा आँखै अगाडी साथीहरु ढलेपछि दलाललाई सात लाख खर्च तिरेर भाग्यौंं’
  • १६ माघ २०८०, मंगलवार १७:०१

काठमाडौं– रुसी सेनाका लागि ‘रेड जोन’ का रूपमा रहेको युक्रेन बाखमुट निकै असुरक्षित क्षेत्र मानिन्छ। यस क्षेत्रमा दैनिक जसो बमबारी भइरहन्छ। दोहोरो भिडन्तका कारण बाखमुटमा दैनिक २० देखि ५० जना रुसीसहित विदेशी नागरिकले ज्यान गुमाइरहेको रुसी सेनाबाट भागेर स्वदेश फर्किएका नेपालीहरुले बताएका छन्।

गत विहिबार रुसी सेनाबाट भागेर आएका दैलेखका कृष्णप्रसाद वलीको हाल महाराजगञ्जस्थित त्रिवि शिक्षण ९टिचिङ० अस्पतालमा उपचाररत भइरहेको छ। उनीलाई चार गोली लागेको अस्पतालले जनाएको छ।

वलीसँगै रुसी सेनामा भर्ती भएका अन्य सात जना नेपाली पनि त्यहाँको सेनाबाट भागेर स्वदेश फर्किएका छन्। जसमा तीन जना अस्पतालबाट उपचारकै क्रममा भागेर स्वदेश फर्किएको पाइएको छ।
दलालमार्फत रुस पुगेका उनीहरु रुसी सेनामा भर्ती भएको दुई महिना नबित्दै युक्रेनी सेनाको आक्रमणमा परेर गम्भीर घाइते भइ उपचारकै क्रममा भाग्नुपरेको उनीहरु बताउँछन्।

युक्रेनको बाखमुट युक्रेनी फौजले आफ्नो क्षेत्र फिर्ता लिन निरन्तर ड्रोनबाट मिसाइल आक्रमण गरि कैलालीका रविन जोशी बताउँछन्। जोशी रुसी सेनामा भर्ती भएको साढे दुई महिनापछि भागेर स्वदेश फर्किएका हुन्।

नेपाली पनि रुसी सेनाका तर्फबाट बाखमुटमा लडिरहेको उनी बताउँछन्। रुसी सेनाले बलियो अथवा ठुलो ज्यान भएका नेपालीहरुलाई बाखमुट लगायतका क्षेत्रमा पठाउने, परिवारसँग फोन सम्पर्कबाट टाढा राख्ने लगायत गर्न थालेपछि नेपाली युवा आत्तिएर भाग्न थालेको बताए।

रविनका अनुसार युक्रेनको बाखमुट नियन्त्रणमा राख्न ठूलो संख्यामा रूसी फौज पनि त्यहीं केन्द्रित छन्। यहाँ ११ वटा रुसी सेनाका युद्ध ब्यारेकमा छन्। प्रत्येक ब्यारेकमा १० देखि १५ जना नेपाली रहेको उनको अनुमान छ।

रुसी सेनामा भर्ती भएका नेपाली भाग्ने दाउ र बाटो हेरेर बसीरहेको र बेरोजगारीले रन्थनिएर युवा मासिक ३ लाख कमाउने लोभमा रुसी सेनामा भर्ती भइरहेको उनले बताए। ‘रूसी सेनामा भर्ती भएका युवा आँखै अगाडि ड्रोनबाट प्रहारबाट घाइते भइरहेका छन। भने रुसमाथि दैनिक मिसाइल लागेर ढलेका र घाइते सैनिक देखिन्छ।’ उनले भने, ‘युक्रेनी सेनाले आक्रमण गर्दा सबैभन्दा पहिलो घेरामा खटिएको विदेशी नै ढल्छन्। नेपाली, पाकिस्तान र अफगानिस्तानका नागरिक पहिला आक्रमणमा मर्ने गरेका छन्।’
उनका अनुसार मैले साढे दुई महिना रुसी सेनामा काम गर्दा बाखमुटमा मात्र २०–२५ जना नेपाली मरेको खबर रुसी सेनाकै मुखबाट सुनेको थिए। बाखमुटमा भएका विभिन्न आक्रमणमा ७० जनाभन्दा बढी नेपाली घाइते भएको युद्धमा घाइते ओसार्ने एम्बुलेस डाइभरले सुनाएको रविनले जानकारी दिए। ती डाइभर भातरीय मुलका थिए।

रविनका साथी विकास अनुुसार हामी जुन दिन भाग्यौं, त्यो दिनमात्रै करिबर ९० जना नेपालीहरु बाखमुटमा पुगेका रहेछन्। उनीहरु हामी बसेको ब्यारेक र अन्य ब्यारेकमा लागि छानिएर गएको उनले बताए।
‘हामी यूएईबाट हिँड्दा ११ जना थियौं। मस्को पुग्दा ३० जना नेपाली भइसकेका थियौं। सेलेक्सन सेन्टरमा गइसकेपछि नेपाली नै नेपाली मात्र थियौं।’ रविनका साथी विकासले थपे।
रविन, विकास र कविन्द्र यूएईमा सुरक्षा गार्डको रोजगारी छाडेर छोटो बाटोबाट धेरै कमाइ गर्ने सोच बोकेर अबैध बाटो हुँदै रुस पुगेको बताउँछन्। उनीहरु तीनै जना दुई महिनाअघि मात्र यूएईबाट रुस सेनीमा भर्ती हुन् मस्को पुगेका थिए। घाइते भएका अन्य साथीलाई भने बाखमुटबाट भागेर मस्को पुगेपछि उनीहरुले भेटाएका थिए।
उनीहरु सातै जना मस्कोमा रहेका नेपाली दलालमार्फत स्वदेश फर्किने एउटा समुहमा परेका थिए।
काठमाडौंमा रहेको रसियन दूतावासमा एक हजारभन्दा बढी रुसी सेना छन्। कोही नेपाली भाग्यो भने त्यहाँपनि पक्राउ गर्ने त्रास रुसी सेनाले देखाउने गरेको फर्किएका आएकाहरु बताउँछन्। रुसी सेनामा भर्ती भएका नेपालीलाई पहिला नी भाग्छन् भनेर डर देखाइन्छ। त्यही भएर कतिपय भागेर आएका अहिले पनि नेपालमै लुक्ने गरेका उनीहरुको भनाइ छ।
मस्को विमानस्थलमा चेकिङका क्रममा हाम्रा पासपोर्ट र मोबाइल लागेपछि कागतजात थिएन। जसका कारण एजेन्टले धेरै पैसा खाएको विकासको बुझाइ छ।
रुस पुगेपछि १९ दिन तालिम लिएपछि सिधैं युद्धस्थलमा रुसी युद्ध गाडीले पु¥याएको उनले बताए।

अनि सुरु भयो ठगि

बाखमुटको क्याम्बमा आक्रमण सुरु भएको थियो। हामी ३ जना नेपाली चाँही एक साता देखि भाग्ने योजना बनाइरहेको थियौं। पहिलो पटक भने भाग्न सकेनौं । त्यो बेला पनि सेनाको चामल ओसार्ने गाडीका चालकले ठगेको विकासले बताए।

‘आँखै अगाडी तीन जना नेपाली मरेको देखेपछि भाग्ने योजना बनायौं। त्यसपछि कसरी भाग्ने भनेर एक महिनादेखि योजना बनाएका थियौं।’ उनले भने, ‘फेरी दोस्रो पटक भने राती ११ बजेपछि बाखमुटमै रहेका एक जना पाकिस्तानी ट्याक्सी डाइभरलाई ४ हजार रुवल पैसा दिएर मस्को आउनेबाट गयौं। त्यही ट्याक्सीवालालाई १० हजार रुवल दिने सर्तमा मस्को शहर पुग्यौं।’

मस्कोमा नेपाली दलालहरुको बिगबिगी रहेछ। काठमाडौंको बालाजुतिर घर बताउने मनोजकुमार जोशी भन्ने दलालका पनि डन रहेछन्। उनले रुसी सेनामा भर्ती गराउन र त्यहाँबाट भगाउने काम गर्दै आएको कविन्द्रले जानकारी दिए। ‘अर्को दलाल अनुप दनुवार पनि दलाली र ब्ल्याकमेलिङको धन्दामा लागेका रहेछन्। उनले चाँही टिकट गर्ने र भगाउने भन्दै ब्ल्याकमेलिङ गरेर नेपाली ठग्छन्। रुपन्देहीका ‘आलम सर’ भन्ने व्यक्तिले हामीसँग पैसा लिए। उनीपनि नाइके हुन्।’
सन्दीप कार्की भन्ने अर्का नेपाली दलाल पनि मस्कोमै भेटिए, तीनै दलालले अजरबैजानको सिमानासम्म हामीलाई पु¥याएको उनको भनाइ छ।

मस्कोमा अजरबैजान, त्यसपछि दिल्ली हुँदै हामी नेपाल फकाउने भनेर दलालले पैसाको बागे्रनिङ सुरु गर्छन। ब्यारेकबाट भागेपछि मस्कोमा ११ दिन सबै जना लुक्यौं। त्यसपछि दलालले हाम्रो कागतजात बनाएर अजरबैजान लैजाने भनेर दुई दिन एउटा त्यहाँको जंगलमा राखेको कविन्द्रले जानकारी दिए।
दलालको विश्वास नगरौँ भने दलालले नै यहाँसम्म ल्याएका छन्। एउटा ग्रुपले जर्मनीतिरको कुरो बुझ्ने भन्यो, अर्को समुहले ग्रिसतिरको बुझ्ने भन्यो । हामी दुईवटा समूहमा बाँडियौँ। हामी सात जना भने अजरबैजान हुँदै नेपाल फर्किने निर्णयमा पुगे पछि दुई दिनपछि खाद्यान्यको ट्रकमा राखेर पाकिस्तानी दलालले त्यहाँ पु¥याएको उनले बताए।
‘दलालले प्रतिव्यक्ति ४ हजार डलर मागे। हामीले ३ हजार दिन्छौ भनेपछि बाख्रा व्यापार हो भनेर हप्काए। हामी सातै जनाले एउटै नेपाली दलाल समाएका रहेछौैं। पहिला १२ सय डलर बुझाएपछि उनीहरु हामीलाई भगाए।’ उनले भने, ‘नेपाली दलालहरूले राति २ बजे रुसको जंगलबाट अजरबैजान पु¥याउने पास्कितानी दलाललाई बुभाए। हामीलाई ५ रात खाद्यन्यको गाडीमा हालेर अजरबैजान ल्याइयो।’
अजरबैजान आइपुगेपछि ९ दिन अलपत्र परे एउटा होइटमा बस्यौं। त्यहाँबाट भारत फर्किन झन समस्या हुन्छ भनेर होटलमै लुकेको विकासले बताए। उनका अनुसार अजरबैजानमा रहेकी एक जना सवित्रा अर्याल नाम गरेकी दलाललाई रुसमा रहेको दलालले सम्र्पक गराए। तीनै दलालले भारतका लागि टिकट काटेर पठाइन्। उनले अजरबैजानबाट भारतसम्मका लागि तीन हजार डलर लिएको उनले जानकारी दिए।

अजरबैजानबाट भारत आएपछि पनि दिल्लीको एक होटलमा ९ दिन लुकेपछि मात्र स्वदेश फर्किएको उनको भनाइ छ। दिल्लीमा ९ दिन लुकेपछि रुसी प्रहरीले खोज्दैन होला भनेर नेपालमा फर्किएको विकासले जानकारी दिए।
अहिले तीन जना साथी उपचाररत छन्। उनीहरुलाई बाटोमा एन्टिबोटिक खुवाउँदै दिल्लीमा ल्याएर सामान्य उपचार गराएको विकासले जानकारी दिए। रुस जाँदा दलालले यूएईमा नौ लाख बुझाए। त्यहाँबाट भागेर फर्किदा आठ लाख जति खर्च भएको उनको भनाइ छ।
भाग्ने कुरा लिक हुनेबित्तिकै पासपोर्ट थुतेर राख्छन्। त्यसपछि सिधै जेलमा लगिन्छ। भाग्न खोज्ने ८० जनाभन्दा बढी नेपाली रसियन जेलमा रहेको त्यहाँका आर्मीहरुले बताएको विकास बताउँछन्।
मासिक चार लाखसम्म कमाइ हुन्छ भनिए पनि ‘रेड जोन’ मा खटाएको बेला तबल नपाएको फर्किएका नेपालीहरुको गुनासो छ। शुरूआती चरणमा एक लाख जति मात्रै तलब पाइन्छ भन्थेँ। हामीले साढे दुई महिना काम गरेको पैसा नपाएको उनीहरु बताउँछन्।

पहिला मर्ने नेपाली
नेपाल बाहेक भारत, अफगानिस्तान, पाकिस्तान, सुडान, कंगोलगायत देशबाट ठूलो संख्यामा रूस पुगेका युवा सेनामा भर्ना भइरहेका छन्।
विकास अनुसार युक्रेनी भूमि कब्जा गर्न आक्रमण शुरू गरेदेखि ज्यान गुमाउने, घाइते हुने र जागीर छोड्ने रूसी सेनाको संख्या रहेछ। रुसी युवा त्यहाँको सेनामा भर्ती हुनुपर्छ भनेर अहिले देश छाडेर भाग्ने थालेको उनले जानकारी दिए। ‘युक्रेनी सेनाले आक्रमण गर्दा धेरै नेपाली मर्ने गरेका छन्। पहिलो घेरामा हिडेका नेपालीहरु एम्बुस,लुकेर गरेको आक्रमण र रकेट बममा परि घाइतेसँगै मर्छन।’ उनले भने,‘बढ्दो सैनिक माग धान्न रूसले विदेशी नागरिकलाई पनि भर्ती हुन आह्वान गरेको थियो। यसरी भर्ती भएको विदेशीहरु धेरै मर्ने गरेका छन्। जसमा धेरै नेपाली छन्।’

१९ दिन तालिम गर्दा हतियारका बारेमा सिकाइन्छ। लडाइँका ट्याक्टिकल पोजिसनहरु हल्का सिकाएपछि सिधैं युद्धमा जानुपर्ने विकास बताउँछन्। नेपाली सबैभन्दा बढी एम्बुुस र ड्रोन आक्रमणमा मर्ने गरेको उनको भनाइ छ।
तालिममा भिडियो पनि देखाइन्छ। रुसी सेनाले आफ्नो क्षतिका बारेमा केही देखाएनन् तर युद्ध जितेका दृश्यहरू मात्र देखाउँछन्। अनि रुसी सेना नेपालमा पनि छन् भनेर डर देखाउने गरेको विकासले जानकारी दिए।
रोजगारीको अभावमा नेपाली युवा भने द्विपक्षीय सम्झौता नभएका युक्रेन, रोमानिया, फ्रान्स र रूस लगायत देशका सेनामा भर्ती भएर काम गरिरहेका छन्। यस बाहेक युद्धग्रस्त क्षेत्रमा खटिएका धनी देशका सेनाले अवकाशप्राप्त नेपाली सैनिक र युवालाई पनि सैन्य गतिविधिमा प्रयोग गर्दै आएका छन्।
सैनिक अभाव पूर्ति गर्न रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले कानून नै संशोधन गरेर एक वर्ष काम गरे रूसी नागरिक भएर परिवारका साथ रूसमै बस्ने सुविधा दिइने घोषणा गरेका थिए। त्यस्तै, यसअघि सेनामा भर्ती हुन तोकिएको उमेरको सीमा २५ वर्षबाट बढाएर ४५ वर्ष पु¥याएको रूसी सेनामा रहेका नेपालीले बताएका छन्।
रोजगारीका लागि जतिसुकै जोखिमपूर्ण क्षेत्रमा पनि सुरक्षाकर्मी भएर काम गर्न तयार हुने प्रवृत्तिका कारण नेपाली युवाले एकपछि अर्को जोखिम मोल्दै आएका छन्।