Close

Recent Posts

सबै शक्तिहरु एकताबद्ध हुनुपर्छ : ओली

सबै शक्तिहरु एकताबद्ध हुनुपर्छ : ओली
  • १७ माघ २०८०, बुधबार ०२:५९

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार अन्त्यका लागि सबै राजनीतिक दलहरु एकताबद्ध हुनुपर्ने बताएका छन् ।
भ्रष्टाचारलाई शुन्यतामा पुर्‍याउनुपर्ने भएकाले त्यसका लागि सबै राजनीतिक शक्तिहरु एकताबद्ध र प्रतिबद्ध भएर लाग्नुपर्ने बेला आएको अध्यक्ष ओलीको भनाई थियो । मंगलवार काठमाडौँमा आयोजित ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले आफ्ना विगतका अभिव्यक्तिहरु पनि देश विकासका लागि एकताबद्ध प्रयास गर्नुपर्नेमा केन्द्रित रहेको बताए ।
नीतिको नाममा आफूलाई अघि सारेर देशलाई पछि पार्ने काम नगरि राष्ट्रिय आत्मविश्वास जगाएर मुलुकलाई बनाउन सकिने बताए ।

mulpatra