डीआईजी अर्जुन चन्द ठकुरीको राजीनामा

डीआईजी अर्जुन चन्द ठकुरीको राजीनामा
  • २० माघ २०८०, शनिबार १४:४९

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपाल प्रहरीका डीआईजी अर्जुन चन्द ठकुरीले पदबाट राजीनामा दिएका छन् ।

mulpatra

शुक्रवार प्रहरी नायव महानिरीक्षक चन्दले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेश गरेका हुन् ।

डीआईजी चन्दले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी कर्मचारी बिचको विवाद छानबिन गर्न गठित समितिले गरेको सिफारसप्रति उनी असन्तुष्ट रहेको विमानस्थलका अधिकृतहरु बताउँछन् ।