Close

Recent Posts

अमेरिकी संसदमा उम्मेदवारी दिँदै नेपाली मुलका ह्यारी भण्डारीले

अमेरिकी संसदमा उम्मेदवारी दिँदै नेपाली मुलका ह्यारी भण्डारीले
  • २० माघ २०८०, शनिबार १५:०२

अमेरिका । अमेरिकाको मेरिल्याण्ड राज्यको निर्वाचन क्षेत्र ८ बाट दुई पटक निर्वाचित नेपाली मूलका सांसद डा ह्यारी भण्डारीले अमेरिकी संसदमा उम्मेदवारी दिने भएका छन् । नेपाल बाहिरको  इतिहासमा सांसद् पदमा पहिलो पटक नेपालीको नाम लेखाउन सफल व्यक्तित्व हुन् डा. भण्डारी।

mulpatra

अमेरिकी नेपाली समुदायकै इतिहासमा पहिलो पटक सुनौलो अक्षरमा नाम लेखाउन सफल भएका मेरिल्याण्ड राज्य विधान सभा सदस्य डा. भण्डारीले एक विज्ञप्ति मार्फत आफ्ना भनाइहरू राखेका छन् । उनी डेमोक्र्याट्सका उम्मेदवार भएकोले आगामी मे महिनामा हुने प्राथमिक निर्वाचनमा विजयी भएमा नोभेम्बरमा हुने निर्वाचनमा अमेरिकी संसद्को लागि भिड्ने छन् ।

डा. भण्डारीको निर्वाचन क्षेत्रसमेत रहेको मेरिल्याण्ड कंग्रेसनल जिल्ला २ लाई विगत २१ वर्षदेखि अनवरत रूपमा प्रतिनिधित्व गर्दै आएका कंग्रेसमेन डच रूपेर्सबर्गरले अवकाशको घोषणा गरेपछि उक्त स्थान रिक्त भएको छ । डा. भण्डारीले त्यही क्षेत्रबाट विधानसभामा सबैभन्दा बढी मत ल्याएर जितेको र वरीयताक्रममा पनि नम्बर १ मा रहेको जनप्रतिनिधिका रुपमा आफ्ना लागि यो एकजुगमा एक दिन एकपटक आउने सुनौलो अवसर सरह हो भनेका छन् l

mulpatra mulpatra mulpatra

डा. भण्डारीद्वारा जनवरी २९ ,२०२४ जारी गरिएको विज्ञप्तिमा भनिएको छ- ‘यदि अमेरिकाको नेपाली समुदायका हरेक सदस्यले मेरो उम्मेदवारी नेपाल र नेपालीका लागि हो भन्ने आत्मसात गरेर गच्छेअनुसार सहयोगका रूपमा मुट्ठी दान गरिदिदनु भयो भने हाम्रो पक्षमा इतिहास बन्ने निश्चित छ । मसँग चुनावी क्याम्पेन सञ्चालन गर्ने पैसाबाहेक जीतका लागि चाहिने अरू सबै पृष्ठभूमि छ।’