Close

Recent Posts

झापाली नेता, पूर्वमन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य बुढाथोकीको निधन

झापाली नेता, पूर्वमन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य बुढाथोकीको निधन
  • २३ माघ २०८०, मंगलवार ०३:५८

काठमाडौं । झापाका सम्मानीत नेता, पूर्व सामान्य प्रशासन मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशव कुमार बुढाथोकीको निधन भएको छ ।

mulpatra

विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा उहाँको निधन भएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको २०७३ सालको मन्त्रिपरिषदमा उहाँ सामान्य प्रशासन मन्त्री बन्नुभएको थियो ।

mulpatra mulpatra mulpatra

एक हप्ता अगाडिदेखि निमोनियाको समस्याले ग्रस्त भएका कारण अपस्ताल भर्ना भए पनि निमोनिया अन्य भागमा समेत सरेकाले मृत्यु भएको उहाँकै छिमेकी पुर्व कोशी प्रदेश मुख्य मन्त्री उद्धव थापाले बनाउनु भएको छ ।

पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय भएको उहाँ झापाको सम्मानित नेता हुनुहुन्थ्यो । भारतको चर्चित दार्जिलिंग स्थिति सेन्ट जोसेफ स्कुलमा तत्कालिन राजा विरेन्द्रसँगै पढ्नु भएको थियो । आफ्नो विगत र भोगाइलाई समेटेर उहाँले ‘आफ्नो–आफ्नो सगरमाथा’ पुस्तक पनि लेख्नु भएको छ ।


‘हक्की स्वभावका नेता बुढाथोकीको बिदाइले पुर्वी नेपाल खासगरी झापाको भुमिमा उहाँको ठूलो रिक्तता अनुभुती हुनेछ उहाँका योगदानहरु हामी सदैव स्मरण गरिरहने छौं ।’ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सन्जालमा लेख्नु भएको छ ।
बुढाथोकीको मृत्युले झापामा राजनीति गरिरहेका र सर्वसाधारणलाई पनि गहिरो चोट पुगेको झापा नेपाली कांग्रेसका नेता उद्धव थापाले जनाउनु भएको छ । उनको पार्थिव शरीरलाई गृहजिल्ला झापा पुर्याएर कन्काई धाममा अन्त्येष्टि गर्ने तयारी छ ।

Image Source: © https://mulpatra.com