पद्‌मप्रसाद पाण्डेय संघीय संसद् सचिवालयको महासचिवमा नियुक्त

पद्‌मप्रसाद पाण्डेय संघीय संसद् सचिवालयको महासचिवमा नियुक्त
  • २४ माघ २०८०, बुधबार ०४:४४

काठमाठौं । संघीय संसद् सचिवालयको महासचिवमा पद्‌मप्रसाद पाण्डेय नियुक्त भएका छन् ।

mulpatra

उनलाई नेपालको संविधानको धारा १०६ को उपधारा ९१० बमोजिम महासचिवमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गत मंसिर २४ मा पाण्डेयलाई महासचिव नियुक्त गर्न सिफारिस गरेका थिए ।

ब्नलष् न्चयगउ
तर, राष्ट्रपति रामचन्द्र पौडलले उनको नियुक्ति सिफारिसको कानुनी रितमा प्रश्न उठाउँदै आएका थिए ।

मंगलबार मात्र पाण्डेयले प्रतिनिधिसभाको सचिवबाट राजीनामा दिएका थिए । राजीनामा स्वीकृतिसँगै राष्ट्रपतिले उनलाई महासचिवमा नियुक्त गरेका हुन् ।
काठमाडौं ।
उहाँको आज बुधबार शपथ लिने कार्यक्रम रहेको छ । उनले नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बुधबार बिहान १०:१५ बजे शपथ लिने कार्यक्रम छ ।