Close

Recent Posts

बाँसबारी जग्गा फिर्ताको प्रक्रिया अघि बढ्यो !

बाँसबारी जग्गा फिर्ताको प्रक्रिया अघि बढ्यो !
  • २५ माघ २०८०, बिहीबार १६:४८

काठमाडौं । बाँसबारी जग्गा फिर्ताको प्रक्रिया अघि बढेको छ । मालपोत कार्यालय डिल्लीबजारले चाँदबाग रेसिडेन्सी प्रालि (तत्कालीन च्याम्पियन फुटवेयर प्रालि) को नाममा २१ दिनमा उपस्थित हुन पत्र काटेको छ ।

mulpatra

अन्यथा कानुन बमोजिम नेपाल सरकारको नाममा श्रेस्ता अद्यावधिक पत्रमा उल्लेख छ ।

मालपोतले टोखा नगरपालिका–६ का वडाध्यक्षको रोहबरमा सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई आज पत्र बुझाएको हो ।

mulpatra mulpatra mulpatra

“च्याम्पियन फुटवेयर प्रालिका नाममा दर्ता कायम रहेको काठमाडौं नगर–३ सिट नं १०२०९४७–१६ कि.नं. ५८ क्षे.फ. ०४६०७.२० ब.मी. ऐ.ऐ. नाममा दर्ता नगर–३ सिट नं ९४७–२१ कि.नं. १६ क्षे.फ. ००४८७.०० ब.मी. जग्गा नेपाल सरकारका नाममा श्रेष्ता अद्यावधिक गरी ल्याउन २०८०/१०/२४ को आदेश बमोजिम त्यस प्रालिका नाममा यो पत्र लेख्ने कार्य भएको छ । पत्र प्राप्त भएको मितिले बाटोको म्याद बाहेक २१ दिनभित्र आफैं वा वारेस मुकरर गरी कार्यालय समयभित्र उपस्थित हुनु होला,” पत्रमा भनिएको छ ।