Close

Recent Posts

प्रसाईको कार्यक्रममा ६० हजार बढी सर्वसाधारण भेला हुने प्रहरी प्रक्षेपण

प्रसाईको कार्यक्रममा ६० हजार बढी सर्वसाधारण भेला हुने प्रहरी प्रक्षेपण
  • २७ माघ २०८०, शनिबार १२:०५

काठमाडौं–फागुन १ गते हुने मेडिकल व्यवसायी दुर्गा प्रसाईको कार्यक्रममा ६० हजारभन्दा बढी सर्वसाधारण भेला हुने प्रहरीको प्रक्षेपण छ।

mulpatra

प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले यही फागुन १ गते काठमाडौं टुडिखेलमा कार्यक्रम छ। प्रसाई नेतृत्वको उक्त कार्यक्रममा ६० हजारभन्दा बढी सर्वसाधारणको सहभागित हुने प्रहरी स्रोतले जनाएको छ।

प्रहरी स्रोतका अनुसार प्रसाईको कार्यक्रममा ६० हजारभन्दा बढी सर्वसाधारण सहभागि हुने अनुमान छ। त्यहीअनुसार सुरक्षा व्यवस्था मिलाउने हो। गत मंसिर ७ गते जतिकै सर्वसाधारण भेला हुने भएपछि त्यही अनुसार उपत्यकामा सुरक्षाको व्यवस्था मिलाउन थालिएको प्रहरीले जानकारी दिएको छ।

mulpatra mulpatra mulpatra

प्रसाईले गत वर्षदेखि जनताका पक्षमा आवाज उठाउँदै आएका छन्। उनले जनहितका लागि बोलेका धेरै कुरा पुगेका कारण जनताको मन पनि जितेका छन्। आफनो कार्यक्रम देश र जनताको हितका लागि भएको प्रसाईले जानकारी दिए। जनताका लागि बोल्दा आफु राजनीतिक आक्रमणमा पर्ने गरेको प्रसाईले बताएका छन्। जनता देशको सम्पति हो। त्यही जनताबिन परिवर्तन सम्भव नभएको उनको बुझाई छ।

अध्यक्ष राजेन्द्र लिङदेनसहित केही नेतालाई सामूहिक भेटेका राजाले प्रसाईसँग भने एक्लै भेटेका छन्। लिङदेनपछि केशरबहादुर विष्टसहितका केही नेताहरुलाई पनि शाहले सामूहिक भेटेका थिए।

लिङदेन र विष्टलाई प्रसाईको आन्दोलन र अभियानलाई सहयोग गर्ने राजा सल्लाह दिएको राप्रपाकै नेताहरु बताउँछन्। राजाले उनीहरुलाई राष्ट्रिय झन्डाको पक्षमा राजनीतिक गर्ने पनि सुझाव दिएको पाइएको छ।

Image Source: © https://mulpatra.com

गत वर्ष झापामा राजाले मेचीमा बालेको दियो फागुन १ गते काठमाडौंमा दियो बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्ने योजनामा प्रसाई छन्।

राप्रपा अध्यक्ष लिङदेन यो दिन प्रसाईका पक्षमा माहोल बन्ने देखेपछि उनको कार्यक्रम रोक्न कांग्रेस नेता शेखर कोइरलालाई समेत भटेको पाइएको छ।

राप्रपा घोषित रूपमै नेपालमा संवैधानिक राजतन्त्र फर्काउने अभियानमा छ। राप्रपाको त्यो अभियान भन्दा आक्रामक ढङ्गले पछिल्लो समय दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान पनि राजासहित हिन्दु राज्य फर्काउन अभियानमा छन्।