बैंकहरुले ७.७५ प्रतिशत ब्याजदर कायम गरे

काठमाडौँ–वाणिज्य बैंकहरुले सोमबार माघको तुलनामा फागुनमा ब्याजदर घटाएका छन्। फागुनमा बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपमा औषत ०.४० प्रतिशत बिन्दुमा घटाएका छन्।
फागनुमा व्यक्तिगत मुद्दति निक्षेममा बैंकहरुको औषत ब्याजदर ७.७५ प्रतिशतमा झारेका छन्। माघ महिनामा भने यस्तो ब्याजदर ८.१६ प्रतिशत, पुसमा ८.९६ प्रतिशत कायम थियो। संस्थागत मुद्दति निक्षेपको ब्याजदर भने औसत ०.३७५ प्रतिशत बिन्दुलमा घटेको छ।
बैंकहरुले भोलि अर्थात् फागुन १ गतेदेखि लागू हुने गरि ब्याजदर घटाएका हुन्। सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमध्ये १६ वटा बैंकले ब्याजदर घटाएका छन्।
कुन् बैंकको कति
फागुन महिनामा सरकारी स्वामित्वमा तीनै वटा बैंकले पनि फागुन महिनाका लागि ब्याजदर घटाएर सार्वजनिक गरेका छन्। फागुनमा राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ७.३५ प्रतिशत र संस्थागतमा ५.३५, नेपाल बैंकले व्यक्तिगतमा ७.२५ प्रतिशत र संस्थागतमा ५.२५ प्रतिशत र कृषि विकास बैंकले व्यक्तिगतमा ६.४४३ प्रतिशत र संस्थागतमा ४.४४३ प्रतिशत ब्याजदर पु¥याएका छन्।
यो महिना नबिल बैंकले पनि व्यक्तिगतमा ७.७५ प्रतिशत र संस्थागतमा ५.७५ प्रतिशत, ग्लोबल आइएमईले व्यक्तिगतमा ७.६ प्रतिशत र संस्थागतमा ५.६ प्रतिशत, प्रभुले व्यक्तिगतमा ७.५ प्रतिशत र संस्थागतमा ५.५ प्रतिशत, सानिमाले व्यक्तिगतमा ७.५१ प्रतिशत र संस्थागतमा ५.५१ प्रतिशत, प्राइमले व्यक्तिगतमा ७.४ प्रतिशत र संस्थागतमा ५.४ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्डले व्यक्तिगतमा ७.३५ र संस्थागतमा ५.२५ प्रतिशत ब्याज कायम गरेका छन्।
यस्तै, फागुनमा सिटिजन बैंकले व्यक्तिगत मुद्दति निक्षेपतर्फ ८.२५ प्रतिशत र संस्थागत तर्फ ६.१५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत तर्फ ८ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत, एनएमबि बैंकले व्यक्तिगत तर्फ ८.५ प्रतिशत र संस्थागत तर्फ ६.५ प्रतिशत, नेपाल एसबिआईले व्यक्तिगत तर्फ ८.१ प्रतिशत र संस्थागत तर्फ ६.१ प्रतिशत, हिमालयन बैंकले व्यक्तिगत तर्फ ८.१५ प्रतिशत र संस्थागत तर्फ ६.१५ प्रतिशत, कुमारीले व्यक्तिगतमा ८.०१ प्रतिशत र संस्थागतमा ६.०१ प्रतिशत ब्याजदर तोकेका छन्।
यसैगरी, एनआईसी एशिया र सिद्धार्थ बैंकले पनि व्यक्तिगत र संस्थागत मुद्दति निक्षेप तर्फ क्रमशः ८ प्रतिशत र ६ प्रतिशत ब्याज प्रदान गर्ने छन्।
फागुन महिनाका लागि भने एभेष्ट, लक्ष्मी सनराइज, हिमालय र माछापुच्छ्रे बैंकले भने माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। यी चार वटा बैंकहरुले फागुनमा पनि व्यक्तिगत निक्षेपमा ८ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत ब्याज प्रदान गर्ने भएका हुन्।