Close

Recent Posts

आगामी बर्षको बजेट १८ खर्ब तोकियो

आगामी बर्षको बजेट १८ खर्ब तोकियो
  • ४ फाल्गुन २०८०, शुक्रबार ०६:३८

काठमाडौंँ–आगामी आर्थिक वर्ष २०८१÷८२ मा १८ खर्बको बजेट सिलिङ तोकिएको छ। अर्थमन्त्री डा। प्रकाशशरण महतले मन्त्रालय र सरकारले बजेटलाई कटौती गर्न नसक्ने बताउँदै बजेटको सिमाना यति रहेको बताएका छन्।

mulpatra

उनले बजेट र समसामयिक विषयमा जानकारी गराउँदै शुक्रबार अर्थमन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा सार्वभौम संसदले १८ खर्बको बजेट पारित गरेको बताएका छन्।

अर्थमन्त्री महतले राष्ट्रिय योजना आयोगको स्रोत समितिले नयाँ बजेटका लागि १८ खर्बको सीमा दिइएको समेत बताएका थिए। ‘बजेट सिलिङगको विषयमा पनि अर्थ मन्त्रालयले फरक मत राख्यो भन्ने गलत प्रचार भइरहेको छ। यो सत्य होइन। बजेटका लागि मन्त्रालयले तारन्तार छलफल गरिरहेको छ।’

mulpatra mulpatra mulpatra

प्रधानमन्त्रीलाई जानकारी नदिएर बजेट कटौति गरेको भन्दै भ्रमात्मक प्रचार भएको उनको गुनासो छ। उनले प्रधानमन्त्री र अर्थमन्त्रीको मिल्त नभएको समेत पत्रकार सम्मेलनमा जानकारी गराएका थिए।
उनले प्रधानमन्त्रीसँग अर्थमन्त्रालयको सम्बन्ध राम्रो छ। बाहिर हल्ला भएजस्तो नकारात्मक नभएको समेत दाबी गरे।

सार्वभौम संसदले पारित गरेको बजेटलाई मन्त्रालय र सरकारले कटौति गर्न मिल्दैन। रजस्वको लक्ष्य नै परिवर्तन गर्नु नहुने उनको भनाइ छ।