रूसमा सात नेपाली अलपत्र

  • ७ फाल्गुन २०८०, सोमबार ०२:०८

दुर्गा प्रसाईलाई फोन गरेर उद्धारको आग्रह

काठमाडौं – रुसको राजधानी मस्कोनजिकै छ जनाभन्दा बढी नेपाली अलपत्र अवस्थामा बसेका छन्। उनीहरू एक सातायता मस्को सहर नजिकैको एउटा कटेजमा लुकेर बसेका छन्।

mulpatra

मस्को सहरमा रुसी सेना भर्ती हुन् आएका, सेनामा भर्ती भएर भागेका र तालिम सकेर भागेका नेपाली मात्र भेटिने गरेको उनीहरूको भनाइ छ।

उनीहरूलाई रुस पुर्‍याउने स्याङजाका चन्द्रबहादुर कुँवर हुन्। उनले प्रतिव्यक्ति ११ लाख रुपैयाँ लिएर यूएई हुँदै रुसी सेनामा भर्ती हुने नेपाली लैजाने गरेको उनलेे जानकारी दिए।

mulpatra mulpatra mulpatra

अलपत्र परेपछि उनीहरुले दुर्गा प्रसाईलाई फोन गरेर उद्धारको आग्रह गरेका छन । भिडियो कल मार्फत उनीहरुले उद्धारको आग्रह गरेका हुन ।