Close

Recent Posts

लसुन खेतिको गोठालो गर्दै ‘क्यामेरा’

लसुन खेतिको गोठालो गर्दै ‘क्यामेरा’
  • ८ फाल्गुन २०८०, मंगलवार ११:१९

काठमाडौं । भारतमा लसुन उत्पादन गरिरहेका किसानहरु खासगरि मध्यप्रदेशका किसानहरुमा खुसीको लहर छाएको छ । खुसी हुनुको कारण लसुनको भाउ बढ्नु हो । तर खुसी साथसाथै उनीहरुमा लसुन खेति जोगाउने चुनौति थपिएकाले नयाँ आइडिया निकाले । नयाँ आइडिया अरु केही नभएर खेतमा सिसिटिभी जडान रहेको छ ।
घर, पसल, उद्योगमा सिसिटिभि लगाएका हामीले देखेकै थियो तर अहिले भारतीय लसुन खेति गर्ने किसानहरुको खेत खेतमा सिसिटिभी देख्न पाइन्छ । सिसिटिभी लगाउनुको कारण एउटै छ लसुन चोरीबाट बचाउनु ।
खेतमा मात्र नभएर लसुन कलेक्सन गर्ने सेन्टरहरु, गोदामहरुमा समेत सिसिटिभी क्यामेराले निगरानी गर्न थाले पनि लसुन खेति गर्ने किसानहरु ढुक्क भएका छन ।
अहिले भारतीय बजारमा प्रति केजी रु. ५ सय भारु नेपाली ८ सय सम्म कारोबार हुन थालेपछि भारतीय लसुन खेति गर्ने किसानहरु मालामाल हुन पुगेका छन । यो अहिले सम्मकै उच्च मुल्य रहेको पाइएको छ ।

mulpatra


सोलरबाट चल्छ क्यामेरा
किसानहरुले खेत खेतमा विजुली पुर्याउन नसक्ने भएपछि सोलार प्यानल राखेर सिसिटिभी चलाएका छन । केही जिल्लाहरुमा लसुनको भाउ बढ्ना साथ चोरी बढेको र चोरीबाट बच्नै क्यामेरा लगाइएको पाइएको छ ।