Close

क्यानडा–११ विरुद्ध नेपाल ‘ए’ को जित

क्यानडा–११ विरुद्ध नेपाल ‘ए’ को जित
  • ८ फाल्गुन २०८०, मंगलवार ११:२६

mulpatra

काठमाडौं । कप्तान सन्दीप जोरा र बसिर अहमेदको अर्धशतकप्रेरित नेपाल ‘ए’ ले एकदिवसीय शृंखलाको दोस्रो खेलमा क्यानडा–११ विरुद्ध दुई विकेटको रोमाञ्चक जित निकालेको छ ।

मंगलबार मूलपानी क्रिाकेट मैदानमा सम्पन्न खेलमा क्यानडाले प्रस्तुत गरेको २४१ रनको लक्ष्य नेपालले ४९.१ ओभरमा आठ विकेट गुमाएर भेट्टायो ।

mulpatra mulpatra mulpatra

नेपालको जितमा सन्दीपले कप्तानी इनिङ खेले । नियमित कप्तान विनोद भण्डारी प्लेइङ–११ मा नहुँदा टिमको नेतृत्व सम्हाल्ने मौका पाएका सन्दीपले ७४ बलमा सात चौका र एक छक्कासहित ६६ रन बनाए । १३–२ को नाजुक अवस्थामा ब्याटिङका लागि आएका सन्दीपले तेस्रो विकेटका निम्ति ओपनर अर्जुन कुमालसँग १०४ रनको शतकीय साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए ।