Close

Recent Posts

बच्चा चोरी गर्ने महिला पक्राउ लगत्तै अस्पताल भर्ना

बच्चा चोरी गर्ने महिला पक्राउ लगत्तै अस्पताल भर्ना
  • १२ फाल्गुन २०८०, शनिबार १५:००

काठमाडौं । काठमाडौंको थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट २६ दिनको नवजात शिशु चोरी भएको घटनामा एक जना महिला पक्राउ परेकी छन ।

mulpatra


बच्चा चोरी भएको घटनालाई केलाउँदै जाँदा प्रहरीले काँडाघारीबाट दैलेख घर भएकी मनकुमारी सिंहलाई पक्राउ गरेको थियो ।
पक्राउ परेको केही घण्टामा उनलाई पाठेघरबाट रक्तश्राव भएपछि अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।
बच्चा चोरी भएको घटना सार्र्वजनिक हुनै वित्तिकै प्रहरीले् सीसी टीभी फुटेज अध्ययन गरेको थियो । सिसिटिभी फुटेजकै आधारमा पक्राउ परेकी महिलाले बच्चा लिएर उनी ट्याक्सीमा चढेर पेप्सिकोलासम्म पुगेको देखिएको थियो भने त्यसपछि डेढ किलोमिटर हिँडेर घरसम्म पुगेको देखिएको थियो ।


प्रहरी डेरामा पुग्दा मनकुमारी हालसालैको सुत्केरीजस्तो अवस्था बनाएर बसेकी थिइन् । यो कार्यमा उनलाई दिदीले समेत सघाएको पाइएको छ । शुरुवातीमा उनीहरूले बच्चालाई आफैंले जन्म दिएको दाबी गरेका थिए । सीसीटीभीमा मनकुमारीलाई चिनिसकेको प्रहरीले त्यसपछि उनीसहित उनका जागिरे श्रीमान् र दिदीलाई पनि नियन्त्रण गरेको हो ।

mulpatra mulpatra mulpatra

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, केही दिनअघि मात्रै उनको गर्भ खेर गएको थियो । परिवारले प्रहरीलाई बताएअनुसार, उनी ७ महिनाको गर्भवती थिइन् । तर, बच्चा नरहेपछि उनी विक्षिप्त थिइन् त्यही कारण उनले शिशु चोर्ने योजना बनाएको पाइएको छ ।

यसबारे उनले श्रीमानसँग पनि झुटो बोलेको पाइएको छ । बच्चा जन्मिएको भनेर खबर गरेपछि नेपाली सेनाको ड्यूटीमा रहेका उनका श्रीमान पनि घरमा आएका रहेछन् ।

‘प्रहरी पुगेपछि मात्रै बच्चा आफ्नो नभएको उनले थाहा पाएका हुन्’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘सुरुमा उनी आफ्नै बच्चा भनेर दंग परेर बसेका रहेछन् ।’

Image Source: © https://mulpatra.com

पटकपटक गर्भपतन गर्नुपरेपछि उनी विक्षिप्त रहेको पाइएको प्रहरी अधिकृतहरु बताउँछन् । शुक्रबार प्रसूति गृह पुगेका बेला काभ्रेकी महिलाको शिशु एकछिन बोक्न पाएका बेला उनले लिएर हिँडेको पाइएको उनीहरुको भनाइ छ ।