जापानसँग समझदारीअवधि सकिएपछि कार्यविधि, म्यानपावरलाई श्रमिक पठाउने जिम्मा

जापानसँग समझदारीअवधि सकिएपछि कार्यविधि, म्यानपावरलाई श्रमिक पठाउने जिम्मा
  • २६ फाल्गुन २०८०, शनिबार ०७:३६

काठमाडौँ–जापान कामदार पठाउने बाटो खुलेको छ। सरकारले ‘जापानमानिश्चित सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, ०८०’ आइतबारबाट लागू गरेको छ।
सन् २०१९ मा नेपाल र जापानबीच सरकारीस्तरमा समझदारी भएपनि कार्यविधि नहुँदा कामदार पठाउन समस्या भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताउँदै आएको थियो।

mulpatra

श्रम मन्त्रालयले श्रम समझदारी भएको पाँच वर्षपछि जापान कामदार पठाउने कार्याविधि बनाएको हो।

कार्यविधि लागू भएसँगै वैदेशिक रोजगारी जापान कामदार पठाउने बाटो खुलेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले जानकारी दिए।
उनका अनुसार कार्यविधिकै नभएका कारण जापनिज भाषा परीक्षा उत्तीर्ण भएका कतिपय कामदार पठाउन समस्या भइरहेको थियो।

नेपालले तर्फबाट कार्यविधि तयार गरेर जापान पठाएका छ। जापानबाट कार्यविधिको जवाफ आएपछि त्यहाँका रोजगारदाताहरूले नेपालबाट कामदार पठाउने थाल्ने उनले बताए। ‘नेपालबाट सरकारीस्तरबाट नै जापानमा कामदार पठाउने बाटो खुलेको छ। जापानिज कम्पनीहरूले वार्षिक २५ हजारभन्दा बढी दक्ष नेपाली कामदारबाट लैजाने छन्।’ उनले भने, ‘जापान सिप भएका कामदार जाँदा मासिक औसतमा तीन लाख पारिश्रमिक पाउँछन्। यो नेपाली श्रम बजारका अवसर पनि हो। जापान विकाशित देश हो। त्यहीँ भएर जापान राम्रो रोजगारगन्तव्य पनि हो।’

जापानले कार्यविधि पारित गरेर पठाएसँगै राम्रो काम गर्ने वातावरण, आकर्षक तलब सुविधा र दक्षता हासिल भएका नेपाली कामदारका लागि जापान राम्रो रोजगारगन्तव्य देश हुने उनको दाबी छ।

श्रम मन्त्रालयले कृषि, नर्सिङ स्याहारसुसार, माछापालन तथा अकुवाकल्चर,खाद्य र पेय पदार्थ उद्योग,मेसिनका पार्टपुर्जा र औजार उद्योग,इलेक्ट्रिक, इलेक्ट्रोनिक र सूचना प्रविधि, निर्माण,पानीजहाज निर्माण र पानीजहाज मेसिनरी, होटेल, अटोमोबाइल मर्मत–सम्भार, रेस्टुरेन्ट, टि–कफी मेकर, भवन सरसफाइ व्यवस्थापन, उड्डयन क्षेत्र, औद्योगिक मेसिनहरू उत्पादन गर्ने उद्योग, कलकारखाना, घरेलु रोजगारी र स्वास्थ्य गरी १७ वटा क्षेत्रमा नेपाली कामदार पठाउने सकिने कार्यविधिमा समेटिएको छ।

कार्यविधिमा सरकारले पठाउने गरी श्रम समझदारी भएपनि कामदार पठाउने जिम्मा भने म्यानपावर कम्पनीलाई दिने गरी कार्यविधि तयार भएको छ। भाषा र सीप परीक्षणको काम गर्दै आएको जापान फाउन्डेसन र श्रम मन्त्रालयसँग जापनिज भाषा उत्र्तीण गरेको दक्ष कामदारलाई मात्र म्यानपावर कम्पनी समन्वय गरेर मात्र काम पठाउन पाउने छन्।

म्यानपावरले खाडीका देश, युरोप र मलेसियामा जस्तो जथाभावी कामदार पठाउने पाउँदैन्। भाषा र सीप परीक्षणका मापदण्डलगायत विषय जापान सरकारले तोकेबमोजिम मात्र म्यानपावरले कामदार पठाउने पाउने श्रम मन्त्रालयले जनाएको छ।

श्रम सचिव भण्डारीका अनुसार म्यानपावर कम्पनीले जापानिज रोजगारदाता कम्पनीबाटै सेवा शुल्क लिएर कामदार पठाउनुपर्ने, त्यहाँ जाने कामदारसँग लागत खर्चका नाममा पैसा लिन पाउने छैन।

जापान जान लाग्ने सबै शुल्क त्यहाँस्थित रोजगारदाता कम्पनीले नै व्यहोर्ने पर्ने कार्यविधिमा समेटिएको मन्त्रालयले जनाएको छ।

जापानसँग श्रम सम्झौता भएपछि २५ हजारभन्दा बढी नेपाली कामदार व्यक्ति भिसामा रोजगारीका लागि जापान पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकमा छ। व्यक्तिगत श्रम स्वीकृतिमा सबैभन्दा धेरै रेस्टुरेन्ट क्षेत्रमा कामदार गएको विभागले जनाएको छ।
जापानमा कार्यरत नेपाली कामदारले हाल औसतमा तीन लाख रुपैयाँसम्म मासिक तलब पाउने गरेको श्रम मन्त्रालयले जनाएको छ।

जापानको विदेश मन्त्रालयको वेबसाइटमा उल्लेख भएअनुसार दक्ष श्रमशक्तिका रूपमा काम गर्न सक्ने क्षमता र जापानी भाषा अन्तरगत ए–फोर उत्तीर्ण गरेका १८ वर्षमाथिका नेपाली कामदार जापानमा रोजगारीका लागि योग्य हुनेछन्।
एकपटक जापानको भिसा लागेका नेपालीले पाँच वर्षसम्म काम गर्न पाउँछन्। तर चार महिना वा ६ महिना वा एक वर्षमा भिसा नवीकरण गर्नुपर्ने जापानको व्यवस्था छ। सोहीअनुसार नेपालीले भिसा नवीकरण भने गर्नुपर्ने छ।
२०२३ मै सकियो श्रम समझदारी

जापानले सन् २०१९ को अप्रिलदेखि विशेष सीप भएका कामदार लिने नीति ल्याएको थियो। त्यही बेला नेपाललाई स्रोत देशमा राखेर श्रम समझदारी समेत गरेको थियो।
जापानमा नेपालबाट दक्ष कामदार पठाउने विषयमा पाँच वर्षअघि नै समझदारी भए पनि बल्ल कार्यान्वयन भएको हो। जापानसँग भएको श्रम समझदारीको अवधि सन् २०२३ मै सकिएको श्रम मन्त्रालयका अधिकारीहरु बताउँछन्।

सन् २०१९ को एक सर्वेक्षणले जापानमा सन् २०३० सम्ममा ६४ लाखभन्दा बढी कामदारको अभाव हुने प्रक्षेपण गरिएको थियो। कार्यविधि अभावमा नेपालबाट कामदार पठाउन ढिला भएको भन्दै श्रम मन्त्रालय पन्छिर्दै आएको थियो।
मासिक कति समय काम गर्ने, कति ओभरटाइम मार्फत पैसा पाउने भन्ने जापानको विदेश मन्त्रालयको वेबसाइटमा महिनैपिच्छे सुचना आउँछ। त्यसका आधारमा नेपालीले सबै सुविधा पाउँछन्।

नेपालले वैदेशिक रोजगारीका लागि श्रम सम्झौता गरेका मुलुकमध्ये जापान सबैभन्दा आकर्षक रोजगारगन्तव्य देशभित्र पर्ने श्रम मन्त्रालयले जनाएको छ

हामी अहिले परिक्षण कालमा छौं।