Close

Recent Posts

परराष्ट्र–श्रम मन्त्रालयको संरक्षणमा जापानको व्यक्तिगत भिसामा कन्सल्टेन्सी–म्यानपावरकै ठगि, श्रम सम्झौताको उपहास

परराष्ट्र–श्रम मन्त्रालयको संरक्षणमा जापानको व्यक्तिगत भिसामा कन्सल्टेन्सी–म्यानपावरकै ठगि, श्रम सम्झौताको उपहास

शिक्षामा ५६ अर्ब ८२ करोड बजेट सिलिङ

शिक्षामा ५६ अर्ब ८२ करोड बजेट सिलिङ
  • २९ फाल्गुन २०८०, मंगलवार १०:२१

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष ०८१÷०८२ का लागि शिक्षा क्षेत्रमा ५६ अर्ब ८२ करोड रुपियाँ बजेटको सिलिङ तोकिदिएको छ । योजना आयोगले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधिसंगको छलफल पछि बजेटको सिलिङ तोकेको हो ।

mulpatra

गत आ.ब.मा ५६ अरब ३० करोडको हाराहारीमा बजेट विनियोजन गरेकोमा यस बर्ष करिब ५२ करोड बढी बजेटको सिलिङ आयोगले तोकिदिएको छ ।

मन्त्रालय स्रोतका अनुसार सिलिङ भएको बजेटमा आगामि आर्थिक वर्ष शिक्षाको न्यूनतम दायित्व पूरा गर्न २३ अर्ब ७७ करोड रुपियाँ अपुग हुने देखिएको छ । सिलिङ भएको बजेट अपुग हुने भन्दै वृद्धि गर्न आयोगसँग छलफल भइरहेको छ । प्रदेश र स्थानीय तहको बजेटको सिलिङ निर्धारणका लागि भने अझै पनि छलफल भइरहेको छ ।