Close

Recent Posts

बाँसबारीको १० रोपनी जग्गा सरकारकै नाममा फिर्ता

बाँसबारीको १० रोपनी जग्गा सरकारकै नाममा फिर्ता
  • १० चैत्र २०८०, शनिबार ०९:०४

काठमाडौँ –बाँसबारी छाला जुत्ता उद्योगबाट चौधरी ग्रुपले च्याम्पियन फुटवेयरमार्फत हडपेको १० रोपनी जग्गा सरकाको नाममा फिर्ता ल्याइएको छ। सबै प्रक्रिया पुरा गरी जग्गा सरकारको नाममा फिर्ता ल्याइएको आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

mulpatra

२०४४ सालमा च्याम्पियन फुटवेयरको नाममा हडपिएको उक्त जग्गा अहिले चौधरी ग्रुप सञ्चालक रहेको चाँदबाग रेसिडेन्सी प्रालिको नाममा थियो।

मालपोत कार्यालय डिल्लीबजारले उक्त जग्गा सरकारकै भएको ठहर गर्दै आज आवश्यक निर्णय गरिएको जानकारी गराएको छ। मालपोत ऐन २०३४ को दफा २४ को व्यवस्था अनुसार उक्त जग्गा सरकारको नाममा ल्याइएको कार्यालयका प्रमुख छविलाल नेपालीले जानकारी दिए।

mulpatra mulpatra mulpatra

‘हाल चाँदबाग रेसिडेन्सी प्रालिको नाममा लगिएको बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा सरकारीकरण गर्ने निर्णय भएको छ’, उनले भने, ‘नेपाल सरकारको स्वीकृतबिना उक्त जग्गा कसैलाई पनि हस्तान्तरण गर्न पाइँदैन। मन्त्रिपरिषद्को निर्णय वा नेपाल सरकारको सहमति वा स्वीकृति चाहिनुपर्नेमा त्यस्तो नदेखिएको कारण उक्त जग्गा आजैदेखि सरकारको नाममा ल्याउने निर्णय भएको छ।’

मन्त्रिपरिषद्को निर्णय वा नेपाल सरकारको सहमतिबिना उक्त जग्गा फुटवेयरको नाममा लगिएको थियो। सो विषयमा सांसद विनोद चौधरी, उनका भाइ वसन्त र अरुण चौधरीमाथि सिआइबीले अनुसन्धान गरिरहेको छ।