स्याङजाका चन्द्र कुवँरले आत्माहत्याको अपवाह फैलाउँदै रुसैमै बसेर ठगि

स्याङजाका चन्द्र कुवँरले आत्माहत्याको अपवाह फैलाउँदै रुसैमै बसेर ठगि
  • २४ चैत्र २०८०, शनिबार १४:५९

काठमाडौं–स्याङजा वलिङका चन्द्रबहादुर कुवँर अहिले रुसमा बसेर नेपालीहरु ठगि गरिरहेका छन् । उनले रुसी सेनामा भर्ती गराउन प्रलोभन देखाएर नेपाली युवालाई रुसमा पु¥याएर अलपत्र समेत पार्दै आएको पाइएको छ ।

कुवँरले ११ देखि १४ लाख रुपैयाँसम्म उठाएर नेपाली युवालाई रुसी सेनामा भर्ती गराउने प्रलोभन देखाइ रुसनै लगेर अलपत्र समेत पर्ने गरेको पाइएको छ । उनले रुसी सेनामा भर्ती गराउने भनेर त्यहाँ पु¥याएका कतिपय नेपाली अहिले मर्नु न बाँच्नु भएर रुसमा बसेमै बसेका छन् ।

रुसमा बसेर ठगि गर्ने स्जाङजाका चन्द्र बहादुर कुवँर

रुसमै लुकेर बसेका कुवँरको मस्कोस्थित नेपाली दूतावासमा ५ सयभन्दा बढी उजुरी परेको छ । कुवँरले रुसी सेनामा भर्ती गराउने प्रलोभन देखाएर कम्तिमा २ हजार युवा ठगि गरेको रुसबाट फर्किएका एक नेपालीले जानकारी दिए । ती युवाले आवश्यक परे कुवँरको सबै ठगिको प्रमाण दिने समेत मूलपत्रसँग बताएका छन् ।

कुवँरले रुसी आर्मीका केही दलालसँग मिलेर ठगिको काम गरिरहेको रुसमै समस्यामा परेका एक नेपाली युवाले जानकारी दिए । नेपालबाट रुसी सेनामा भर्ती गराउन प्रलोभन देखाएर त्यहाँ लैजान्छन् । रुस पुगेपछि उल्टो रुसी प्रहरी लगाएर पक्राउ धम्की कुवँरसहितको केही दलालहरुले दिने गरेको ती युवाले जानकारी दिए ।

कुवँर रुसमा बसेर मानव तस्करी समेत गर्दै आएको पाइएको छ । उनले रुसमा बसेर युरोेपका केही देशमा समेत मानव तस्करी गर्दै आएका छन् । मूलपत्रले कुवँरका बारेमा सबै प्रमाण जुटाएर प्रहरीसँग सम्र्पक गर्दा उनलाई वैदेशिक रोजगारीका नाम ठगि गरेको, मानव तस्करी, रुसमा नेपाली लगेको आरोपमा युद्ध अपराध र तेस्रो देशमा बसेर ठग्ने गरेको मुद्धा चल्ने बताएको छ ।

कुवँरले धेरै ठगि गरेपछि ठगिबाट जोगिन र पीडितलाई झुक्याउन आत्महत्या गरेको अपवाह समेत फैलाउँदै रुसमा बसेर ठगि गर्दै आएका छन्् । उनले अहिले पनि त्यहाँ सामाजिक सञ्जालको दुरुपयोग गर्दै ठगि गरिरहेका छन् ।

रुसमा बसेर ठगि गर्ने व्यक्तिलाई रुस सरकारसँग सहकार्य गरेर भएपनि पक्राउ गर्ने सकिने नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका प्रवक्ता ज्ञानेन्द्रप्रसाद फुयालले बताएका छन् । रुसमा बसेर ठगि गर्नेलाई रुसमै प्रहरी लगाएर समाउन सकिने उनको भनाइ छ ।

कुवँरको ठगिको प्रमाण खोजी भइरहेको छ । केही दिनमा उनको भिडियोसहित अर्को समाचार पनि मूलपत्रमा प्रकाशित हुँदैछ ।