Close

टी-२० विश्वकप क्रिकेटका लागि इंग्ल्यान्डले गर्यो टिमको घोषणा

टी-२० विश्वकप क्रिकेटका लागि इंग्ल्यान्डले गर्यो टिमको घोषणा
  • १८ बैशाख २०८१, मंगलवार १६:२८

अघिल्लो टी–२० विश्वकपमा डिफेन्डिङ च्याम्पियन रहेको इंग्ल्यान्डले अब हुने टी–२० विश्वकप क्रिकेटका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ ।

mulpatra

जोस बटलरको कप्तानीमा इंग्ल्यान्डको क्रिकेट बोर्डले १५ सदस्यीय क्रिकेट टिमको घोषणा गरेको हो । बटलरको कप्तानीमा घोषणा गरिएको टिममा विल ज्याक्स, फिल साल्ट र जोनाथन बेयरस्टो छन् ।

त्यसैगरी टिममा जोफ्रा आर्चर, बेन डकेट, मोइन अली, ह्यारी ब्रुक, लियाम लिभिङस्टोन, टम हार्टले, आदिल रसिद, क्रिस जोर्डन, रिस टोपले, मार्क वुड र साम कुरान पनि छन् ।

mulpatra mulpatra mulpatra

अष्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान सँगै समूह बीमा रहेको इंग्ल्यान्डले जुन ४ मा स्कटल्याण्डसँग खेलेर टी–२० विश्वकपको सुरुवात गर्नेछ ।