इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु

काठमाडौं–इरानका राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकप्टर दुर्घटना मृत्यु भएको छ । उक्त दुर्घटनामा उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरले जनाएका छन्। उनको दुर्घटना परी मृत्यु भएको इरानी एक अधिकारीलाई उदत गदैअन्तर्राष्ट्रिय सञ्चार माध्यम रोर्यटसले जनाएको छ।
‘हेलिकोप्टर दुर्घटनास्थलमा उहाँको जीवनको कुनै संकेत नभएको खोज तथा उद्धारमा संलग्न रेड क्रिसेन्टका प्रमुख पिर होसेन कोलिवाण्डले इरानको सरकारी टेलिभिजनलाई प्रतिक्रिया दिएका छन्। तर इरान सरकारबाट आधिकारिक घोषणा भने गरिएको छैन।
अजरबैजानस्थित एक कार्यक्रमबाट राष्ट्रपति रैसी, होसेन अमिर अब्दुल्लाहियान, इरानका सर्वोच्च नेताका प्रतिनिधि अयोतल्लाह मोहम्मद अली अल हसम, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती सवार हेलिकप्टर आइतबार दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा परेका उनको मृत्यु भइरसकेको आशंका गरिएको छ।