इरानी राष्ट्रपति इब्राहिम दुर्घटना भएको हेलिकप्टरको अवस्था

काठमाडौं–इरानी राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टरको भग्नावशेष सार्वजनिक गरिएको छ ।
इरानी राज्य समाचार एजेन्सी आईआरएनएले सार्वजनिक गरेको तस्बिरमा पहाडमा हेलिकप्टर ध्वस्त भएको देखाइएको छ । रेड क्रिसेन्टले खिचेको फुटेजमा भग्नावशेषले भरिएको पहाडमा जलेको माटोको ठूलो भागको छेउमा हेलिकप्टरको पुच्छर देखिन्छ ।
बीबीसीले उक्त हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसी र विदेशमन्त्री हुसेन अमिरा बदुल्ला हियानको मृत्यु भएको जनाएको छ ।