Close

Recent Posts

नेपाली कांग्रेस परित्याग गरि झापा एकका नेता नरेन्द्र खड्का राप्रपामा प्रवेश

नेपाली कांग्रेस परित्याग गरि झापा एकका नेता नरेन्द्र खड्का राप्रपामा प्रवेश
  • ७ जेष्ठ २०८१, सोमबार १६:३७

झापाः नेपाली कांग्रेस झापाका नेता नरेन्द्र खड्का राजेन्द्र लिङदेनको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आज फेसबुक स्टाटस लेख्दै सो कुरा सार्वजनिक गरेका छन ।

mulpatra

झापा क्षेत्र नं. एक को मेचिनगर नगरपालिका वडा न. १० धुलाबारीमा घर भएका खड्का मेचि उद्योग बाणिज्य संघ मेचिनगरका पुर्व अध्यक्ष हुँदै कोशी प्रदेश उद्योग बाणिज्य संघका अध्यक्ष र नेपाल उद्योग बाणिज्य महासंघमा विगत लामो समय देखि सदस्य रहँदै आएका छन । हाल नेपाल उद्योग बाणिज्य महासंघको घरेलु तथा साना उद्योग विकास समिति सभापति समेत रहेका खड्का नेपाली कांग्रेस तरुण दल झापाका पुर्व अध्यक्ष समेत थिए ।

लामो समय नेपाली कांग्रेसको सक्रिय राजनीति गरेको जिम्मेवार मान्छे राप्रपामा प्रवेश गरेपछि नेपाली कांग्रेस झापालाई झट्का लागेको छ ।

राप्रपा प्रवेश गर्दै गर्दा उनले कांग्रेस पुरानो पार्टी भएपनि पार्टीले देशका लागि केही गर्न नसकेको आरोप लगाएका छन । ‘कांग्रेसमा केही गरौँ भन्ने भावना भएका युवा पुस्ताको कुनै भूमिका छैन, भुमिका दिइँदैन’ उनले भने ‘सार्वजनिक रुपमा र व्यक्तिगत रुपमा पनि म जस्ता कार्यकर्तालाई काममा लगाउ जिम्मेवारी देउ, मेरो अनुभव पार्टीमा प्रयोग गर्न देउ भन्दा नदिने भएपछि पार्टीमा बसीरहेर के गर्नु’ ।

‘कांग्रेस मुद्धा नभएको, एजेण्डा नभएको जस्तो देखियो, एउटा पक्ष हिन्दु पक्षमा देखिन्छ अर्को अर्को पक्षमा, त्यहाँ भित्रको लडाईले नै पुष्टि गर्यो कि पार्टी प्रजातान्त्रिक भन्ने व्यवहार चाहि देउवातन्त्र, बुढातन्त्र जस्तो देखिने, अहिले संसदको रमिताले पुष्टी गरेन ?’ ‘हिजो युवा भनेर जिताएका व्यक्तिहरु अहिले के गर्दैछन ? कहाँ छन ? कुन कित्तामा छन ? अनि त्यस्तो पार्टीमा कसरी बस्नु भन्दै उनले भने ‘यो भन्दा राष्ट्रियताको सवालमा, हिन्दु राष्टको पक्षमा, प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा र अहिलेको संघियताले देश उँभो लाग्दैन, समानुपातिक संख्या देशलाई अस्थिर बनाउने थलो बन्यो भन्ने स्पष्ट धारणा बोकेको राप्रपा नै ठीक भएन र ?’ ।

पत्रकारसँगको संक्षिप्त कुराकानीमा उनले भने ‘मेरो राजनीति गर्ने उमेर अब जम्मा दश वर्षको हो, त्यसैले अब राप्रपा, राष्ट्रियता र देश विकासका लागि दिलो ज्यान दिएर, आफ्ना सिकाइहरु अनुभवहरु साटेर काम गर्ने हो, समग्रमा देश बनाउने हो ।’