Close

Recent Posts

१० महिनामा १ खर्ब ऋण थपियो, २४ खर्ब नजिक

१० महिनामा १ खर्ब ऋण थपियो, २४ खर्ब नजिक
  • १३ जेष्ठ २०८१, आईतवार १०:५६

काठमाडौंँ– नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब नजिक छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८०÷८१ को वैशाख मसान्तसम्मको प्रतिवेदनले यस्तो देखाएको छ । १० महिनाको अवधिमा नै कुल ऋण झन्डै १ खर्ब थपिएको छ ।

mulpatra

प्रतिवेदनअनुसार सार्वजनिक ऋण २३ खर्ब ९७ अर्ब ४३ करोड १६ लाख रुपैयाँ पुगेको छ । चालु आवको पहिलो महिना अर्थात् साउनमा २२ खर्ब ९९ अर्ब ४५ करोड २४ लाख रुपैयाँ रहेको थियो । तर, बैशाख अन्तसम्म आइपुग्दा भने ९८ अर्ब ७ करोड ९२ लाख रुपैयाँ थपिएको हो । गत चैत महिनाको तुलनामा कुल सार्वजनिक ऋण ११ अर्ब ६४ करोड थप भएको कार्यालयले जनाएको छ । कुल ग्राहस्थ उत्पादन (जीडीपी) को आधारमा भने सार्वजनिक ऋण ४२.०२ प्रतिशत पुगेको छ ।

समिक्षा अवधिमा नेपालले तिर्न बाँकी कुल ऋणको आधारमा एक नेपालीको भागमा ८२ हजार २२० रुपैयाँ पर्न पाउँछ । अहिले एक नेपालीले सो बराबरको सार्वजनिक ऋण भार बोकेका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार हाल नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ ।

mulpatra mulpatra mulpatra

कुल ऋणमा आन्तरिक तर्फ ११ खर्ब ८४ अर्ब ४८ करोड र बाह्य तर्फ १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ । यो कुल ग्राहस्थ उत्पादनको आधारमा ऋण भने क्रमशः २०.७६ प्रतिशत र २१.२६ प्रतिशत हो ।