सिरोहियाको पक्षमा बोलेकोप्रति महजोडीले मागे माफी

सिरोहियाको पक्षमा बोलेकोप्रति महजोडीले मागे माफी
  • १४ जेष्ठ २०८१, सोमबार ०६:५५

काठाडौं– वरिष्ठ हास्यकलाकार (महजोडी) मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाको पक्षमा बोलेकोप्रति क्षमायाचना गरेका छन्।

सामाजिक सञ्जालमा गालीको वर्षा भएपछि उनीहरूले भिडियो सन्देश जारी गर्दै आफूहरूबाट त्रुटि भएको उल्लेख गरेका हुन् । आफूहरूले दिएको अभिव्यक्ति भुलवश भएको भन्दै मह जोडीले माफी मागेका छन्।

भिडियो उनीहरूले भनेका छन्, ‘हामी ब्रिक्स क्याफेमा बसेर अस्ट्रेलिया आउने विषयमा गम्भीर रूपमा छलफल गर्दै थियौँ । त्यही बेला त्योभन्दा गम्भीर विषयमा, अदालतमा विचाराधीन विषयमा थुप्रै पत्रकारहरू बसेर छलफल गर्नु भएको रहेछ । एउटा मुडमा बसेको समय अपर्झट बोल्ने प्रस्ताव आयो । हामी पनि के बोल्ने भनेर अकमकियौँ ।

त्यसरी अपर्झट बोल्दा हामीबाट त्रुटि हुन गएको महसुस भएको उनीहरुको भनाई छ । हामीबाट त्रुटि भएको र त्यसका लागि हामीलाई यत्रो वर्ष आफ्नो सम्झेर आफूहरूलाई माफ गर्दिन समेत हरिवंशले अनुरोध गरेका छन् ।