Close

Recent Posts

आज करिब १९ खर्बको आउँदै गर्दा नेपालको पहिलो बजेट २००८ हेरौँ

आज करिब १९ खर्बको आउँदै गर्दा नेपालको पहिलो बजेट २००८ हेरौँ
  • १५ जेष्ठ २०८१, मंगलवार ०२:३३

नेपाल सरकारले आर्थिक बर्ष २०८१/८२ को लागि करिब १९ खर्बको कार्यक्रम सहित बजेटको घोषणा गर्दै छ । चालु आर्थिक बर्ष ०८०/०८१ म १७ खर्ब ५१ अर्ब ३१ करोडको घोषणा भएकोमा यस आ.ब.मा केही बढेर आउने भएको छ ।
नेपालमा वि.सं. २००८ सालदेखि सरकारले आयव्ययको विवरण बजेट पेश गर्न शुरु गरेको हो । वि.सं. २००८ साल माघ २१ गते तत्कालिन अर्थमन्त्री सुवर्णसमशे।र जबराले नेपालको पहिलो बजेट सार्वजनिक गरेका थिए । उनले ल्याएको बजेट नै सार्वजनिक भएको पहिलो बजेट मान्छि ।
हाल घोषणा गर्न लागेको ०८१/०८२ को बजेट १९ खर्बको अनुमान गर्दै गर्दा नेपालको पहिलो बजेटको आकार ५ करोड २५ लाख थियो । तत्कालिन अर्थमन्त्री सुवर्ण समशेरले २००८ सालमा ल्याएको बजेट यस्तो थियो ।

mulpatra

पहिलो बजेट २००८ हेर्न तल क्लिक गर्नुहोसः